रुप फेर्दै कोरोना भाइरस

न्यूयोर्क(एजेन्सी) । अमेरिका र ब्रिटेनका अनुसन्धानकर्ताहरुले नोबेल कोरोना भाइरसमा धेरै बद्लाव देखिएको बताएका छन् । उनीहरुको अनुसन्धानमा यसले यसको संक्रमणमा के असर पार्छ र भाइरसका विरुद्ध भ्याक्सिन कतिको प्रभावकारी हुन्छ भन्ने केही कुरा बताएका छैनन् । उनीहरुका अनुसार भाइरसमा बदलाव आउनु सामान्य कुरा हो । तर यसमा कुन बदलावले संक्रमणको गम्भीरता र तिब्रतामा कस्तो असर पर्छ भन्ने केही उल्लेख गरेका छैनन् । अमेरिकामा गरिएको एक अध्ययनले नोवल कोरोना भाइरसमा एक विशेष किसिमको बदलाव हावी भइरहेको र जसकारण कोभिड १९ का संक्रमितको संख्या अझ बढिरहेको जनाएको छ । तर यो अध्ययन न त औपचारिक रुपबाट प्रकाशित भएको छ न त अन्य वैज्ञानिकले यो विषयमा समीक्षा नै गरेका छन् ।

न्यू मेक्सिकोमा लस ऐलेमास नेशनल ल्याबका अनुसन्धानकर्ताहरु कोरोना भाइरसमा भइरहेको बदलावलाई ट्रयाक गर्ने प्रयासमा छन् । यो अध्ययन ग्लोबल इनिशिएटिव अन शेयरिङ अल इन्फÞ्लुएन्जा डेटाको डाटाबेसमा आधारित छ । वैज्ञानिकहरुले पनि यो बदलावका कारण कोरोना भाइरस तिब्र रुपमा बढिरहेको छ । तर यसको नतिजा के हुन्छ भन्ने अहिले नै स्पष्ट हुन सकेका छैनन् ।

कोरोना संक्रमित बिरामीबाट जुटाइएको तथ्यांकको विश्लेषण शेफिल्डमा ब्रिटेनका अनुसन्धानकर्ताले पनि गरेका छन् । उनीहरुले बदलिँदो कोरोना भाइरसबाट संक्रमितको संख्या बढीरहेको बताएका छन् । तर उनीहरुसँग यो विषयको केही प्रमाण नै छैन् । यूनिभर्सिटी कलेज लण्डनमा भएको एक अन्य अध्ययनले कोरोना भाइरसमा भएको १ सय ९८ बदलावको पहिचान गरिएको छ । ‘भाइरसमा बदलाव आउनु आफै नराम्रो कुरा होइन । तर अहिले हामीसँग त्यस्तो प्रमाण केही छैन, जसबाट कोरोना भाइरस सामान्य अवस्थाबाट तिब्र रुपमा बढिरहेको छ भन्ने साबित गर्न सकियोस् ।’ एक अनुसन्धानकर्ताले भनेका छन् ।

ग्लास्गो यूनिवर्सिटीका केही अनुसन्धानकर्ताले पनि कोरोना भाइरसको बदलावको विश्लेषण गरेका छन् । उनीहरुले पनि यो बदलाव चिन्ताको विषय नभएको बताएका छन् । उनीहरुले कोरोना भाइरसमा भइरहेको सानो सानो परिवर्तनमा नजर राख्दै त्यसको विश्लेषण गर्न सकेमा भ्याक्सिन बनाउन सजिलो हुने उनीहरुको विश्वास छ ।