मोटो मानिसमा कोरोनाको बढी जोखिम

न्यूयोर्क(एजेन्सी) । मोटो मानिसमा मुटु रोग, क्यान्सर र टाइप २ डाइबेटिज जस्ता बिरामीको जोखिम बढी हुन्छन् भन्ने आम मानिसले सुन्दै आएको कुरा हो । तर हालै गरिएको एक अध्ययनले मोटो मानिसमा कोरोना भाइरस अर्थात् कोभिड–१९ को संक्रमणको खतरा पनि बढी हुने देखाएको छ । स्वास्थ्य विशेषज्ञहरुले केही आँकडाका आधारमा यो तथ्य फेला पारेका हुन् । ब्रिटेनमा १७ हजार मानिसका बीच गरिएको अध्ययनमा जो मानिसमा मोटोपन छ र उनीहरुको शरीरको मास इन्डेक्स ३० भन्दा माथि छ, उनीहरुमध्ये ३३ प्रतिशतमा मृत्युको दर बढी हुन्छ । अर्को अध्ययनले मोटोपन भएका मानिसमा मृत्युदर दुई गुणा पाइएको जनाएको छ । यदी यो आँकडामा मुटुको बिरामी र डाइबेटिज जस्ता रोगका बिरामी सामेल गराउने हो भने मृत्युको आँकडा झन बढ्न सक्छ ।

ब्रिटेनको आइसीयूमा भर्ना भएका मानिसमाथि गरिएको अध्ययनमा त्यहाँ भर्ना गरिएका करीब ३४ दशमलब ५ मानिस ओभरवेट थिए र ३१ दशमलब ५ प्रतिशत मोटा थिए तथा सात प्रतिशत चाहिँ मोटो र बिरामी दुवै थिए । जबकी २६ प्रतिशत मानिसहरुको बीएमआई सामान्य थियो ।शरीरको वजन र त्यसको लम्बाईको अनुपातलाई बीएमआई भनिन्छ । बीएमआईबाट कोही व्यक्तिको ओवरवेट, मोटोपन र स्वस्थ्यताको मापन गर्दछ । वल्र्ड ओबेसिटी फेडरेशनका अनुसार जुन व्यक्तिमा कोरोना भाइरसको संक्रमण भइरहेको छ, त्यसमध्ये धेरै व्यक्तिको बीएमआई २५ देखि माथि छ । अमेरिका, इटली र चीनमा भएको शुरुवाती अध्ययनमा अधिक बीएमआई एक प्रमुख कारक रहेको देखाएको थियो ।

तपाईंको शरीरको वजन जति बढी हुन्छ, त्यती नै फ्याट तपाईंको शरीरमा हुन्छ । जसले गर्दा तपाईं कम फिट देखिनुहुन्छ । यसले तपाईंको फोक्सोको क्षमतामा असर पर्छ । जसले गर्दा तपाईंको रगतसम्म अक्सिजन पुग्न समस्या हुन्छ । जसकारण रगतप्रवाह र मुटुमा असर पर्छ ।यूनिवर्सिटी अफ ग्लासगोका प्रोफेसर नवीद सत्तार अधिक वजन भएका मानिसमा अधिक अक्सिजनको आवश्यकता पर्ने बताउँछन् । यूनिवर्सिटी अफ रिडिङका डाक्टर ड्यान सेलाया अधिक मोटोपन भएको शरीरका अंगमा अक्सीजनको कमी हुने गरेको बताउँछन् । त्यसकारण पनि धेरै मोटो मानिसलाई आइसीयूमा अक्सिजन दिनको जरुरी धेरै हुन्छ र उनीहरुको मृगौलाको पनि विशेष ख्याल राख्नुपर्छ ।

वैज्ञानिकहरुका अनुसार कोशिकामा रहेको एसीइ–२ नामक इन्जाइम कोरोन भाइरसलाई शरीरमा प्रवेश गराउने प्रमुख बाटो हो । यो इन्जाइम ठूलो मात्रामा मोटो कोशिकामा रहने गर्दछन् । जो मानिस बढी मोटा छन्, उनीहरुमा यो फ्याटी कोशिका धेरै हुने गर्दछ । जसकारण उनीहरुमा संक्रमणको जोखिम बढी हुन्छ । संक्रमणबाट हामी कति प्रभावित हुन्छौं भन्ने कुरा मानिसको प्रतिरक्षा प्रणालीमा भरपर्छ । यो भाइरसको हमलाको समयमा हाम्रो शरीरको प्रतिरोधी क्षमतालाई परिवर्तन गर्छ । मोटो मानिसमा यस्तो प्रतिरोधी क्षमता निकै कम हुन्छ । यो संक्रमण पछि मेक्रोफेज फेटी कोशिकालाई क्षतिग्रस्त बनाउँछ ।

वैज्ञानिकहरुका अनुसार यसले शरीरमा साइकोटिन स्ट्रम उत्पादन गर्छ । यो एक किसिमको रियाक्सन हो, जसले मानिसको ज्यान जान पनि सक्छ । यो शरीर प्रतिरोधक क्षमताको अधिक सक्रियताले हुनसक्छ । मोटो मानिसलाई अस्पतालमा स्याहार सुसार गर्न चिकित्सकहरु दिक्क मान्छन् । अधिक वजनका कारण उनीहरुलाई स्क्यानिङ गर्न वा उनीहरुलाई घुमाउन समस्या हुन्छ ।