लकडाउन उल्लंघन गर्ने यी १० नेता

लण्डन । वृद्धवृद्धाहरु आफ्ना नवजात नाति–नातिनालाई अंकमाल गर्न डराइरहेका छन् । आफन्तहरु आफ्ना प्रियजनको अन्तिम संस्कारमा सरिक हुन पाएका छैनन् । प्रेमी र प्रेमिका अलग–अलग छन् । लकडाउनको नियमले कोरोना भाइरसको संक्रमणलाई सुस्त बनाउन सहयोग पु¥याइरहेको छ । तर ठूलो संख्यामा मानिसहरुले ज्यान पनि गुमाएका छन् । जसले सामाजिक दुरीको नियमको पालना गरेका छैनन्, उनीहरुले ठूलो मात्रामा जरिवाना पनि तिरिरहेका छन् । तर केही राजनेता, वैज्ञानिक र सल्लाहकार आफ्नै नियममा लकडाउनलाई तोड्दै हिँडिरहेका छन् । यहाँ त्यस्ता विश्वका १० चर्चित हस्तीहरुको बारेमा उल्लेख छ, जसले लकडाउनको नियमलाई तोडेका छन् ।

यो नियम तोड्नेमा पहिलो नम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प छन् । कोरोना भाइरसको महामारीका कारण विश्वमा भएको कुल मृत्युको करिब ३० प्रतिशत संख्या अमेरिकामा नै छ । अप्रिलको पहिलो सातामा अमेरिकाको सेन्टर फर डिसिज कन्ट्रोल एण्ड प्रिवेन्सन(सीडीसी)ले कोरोना भाइरससँग लड्नका लागि सबै अमेरिकीलाई फेस मास्क लगाउन आग्रह गरेको थियो । राष्ट्रपतिले यो आग्रहलाई पर राख्दै ‘म यसलाई आफैं पनि लगाउदिनँ’ भने । उनले आफूले ओवल कार्यालयमा विश्वका नेताहरुलाई मुख छोपेर स्वागत गर्ने कुरा कल्पना गर्न नसक्ने बताएका थिए । जबकी मिसिगन जस्ता कैयौं राज्यमा सार्वजनिक स्थानमा फेस मास्क लगाउन अनिवार्य गरिएको थियो ।

गत मे २१ मा राष्ट्रपति ट्रम्पले भेन्टिलेटरको निर्माण गरिरहेको फोर्ड प्लान्टको भ्रमण गरेका थिए । कम्पनीका कर्मचारीहरुले आफ्नो मुखमा मास्क लगाएका थिए । जबकी राष्ट्रपतिले यस्तो काम गर्न अस्वीकार गरेका थिए । पत्रकारहरुले जब ट्रम्पलाई यो विषयमा प्रश्न गरे, ट्रम्पले आफूले मास्क लगाए पनि क्यामराको तस्बिरमा नदेखिएको दाबी गरेका थिए । ‘म प्रेसलाई यसलाई देखाउने सौभाग्य दिन चाहन्नँ । यो मास्क निकै राम्रो देखिन्छ ।’ उनले भने । राज्यको अधिवक्ता डाना नेसेल ट्रम्पको यो कदमबाट खुशी भइनन् । जबकी उनले राष्ट्रपतिको तुलना नियम मान्न अस्वीकार गर्ने बच्चासँग तुलना गरिन् । यद्यपि देशको प्रथम महिला मेलानिया ट्रम्पले सीडीसीको सन्देशमा जोड दिँदै सार्वजनिक स्थानमा फेस मास्क लगाउन आव्हान गरेकी छन् र सामाजिक सन्जालमा आफूले मास्क लगाएको तस्बिर शेयर गरिन् । अमेरिकामा कोभिड–१९ का कारण १ लाख बढीको मृत्यु भइसकेको छ ।

रुसी राष्ट्रपति भ्लादिमीर पुटिन काम गर्ने नेताका रुपमा आफ्नो सार्वजनिक छविलाई जीवन्त राख्न कडा मेहनत गर्दछन् । मार्च २४ मा जब कोरोना भाइरसको प्रकोप शुरु भयो, तब उनले मस्कोको एक अस्पतालको भ्रमण गरी त्यहाँको व्यवस्थापनबारे जानकारी लिए । उनले अस्पताल यात्राको समयमा हेजमेट सूट(हेजार्ड्स मटेरियल सूट) लगाएका थिए । तर डाक्टरसँग कुराकानी गरिरहँदा उनले कुनै पनि प्रोटेक्टिव गियरको प्रयोग गरेका थिएनन् । उनको यो जोखिमपूर्ण व्यवहार थियो, जुन बेला उनले अस्पतालका प्रमुख डाक्टर डेनिस प्रोत्सेनसँग हात मिलाए । केही दिनपछि डा. प्रोत्सेन कोरोना पोजेटिभ देखिए । यसपछि पुटिनको स्वास्थ्यलाई लिएर विभिन्न अड्कलबाजी भए । त्यो दिनदेखि उनले सार्वजनिक रुपमा आफ्नो उपस्थितिलाई कम गरे र बैठकको अध्यक्षता पनि आफ्नो निवासमा गर्न थाले । मे महिनापछि उनी दुई पटकमात्र सार्वजनिक रुपमा देखिए । उनका प्रवक्ता दमित्री पेस्कोवले राष्ट्रपति पुटिन आफ्नो पुरानो दिनचर्यामा कहिलेबाट फर्किन्छन् भन्ने कुरा बताउन अस्वीकार गरिन् । २ जूनदेखि रुसमा ४ लाख २३ हजार १ सय ८६ कोरोना संक्रमणको मामला देखिएका छन् । यो अमेरिका र ब्राजिलपछि तेस्रो ठूलो संख्या हो । यहाँ मर्नेको संख्या ५ हजार बढी पुगिसकेको छ ।

इजरायली प्रधानमन्त्री बिन्यामिन नेतनयाहू र राष्ट्रपति रुवेन विलिन त्यो समयमा मानिसको आलोचनाको शिकार भए, जब उनले आफ्नो वयस्क सन्तानका साथ पासोवर चाडको भोज खाए । जबकी केही दिन अघि उनले देशका मानिसहरुलाई यस्तो काम नगर्न अपिल गरेका थिए । पासोवर शुरु हुनु अघि नै नेतनयाहूले देशमा लकडाउनको घोषणा गरेका थिए । उनले ठूलो मात्रामा कुनै पनि किसिमको भोज नगर्न आव्हान गरेका थिए । तर केही दिनपछि आफ्नो छोराका साथ पासोवरका दिन उनको तस्बिर सार्वजनिक भयो, जसमा उनी भोजको आयोजना गरिरहेको देखिएका थिए । नेतनयाहूका नजिकका व्यक्तिहरुले उनको यो कदमको बचाउ गर्दै उनका छोरा एवनेर प्रधानमन्त्री आवासमा हरेक दिन केही घण्टा बिताउने र उनी बगलको अपार्टमेन्टमा बस्ने गरेको बताएका थिए । तर यो स्पष्टीकरणमा इजरायली मिडियाले प्रश्न उठाउदै आशंका व्यक्त गरे । चर्को आलोचनापछि राष्ट्रपतिले सार्वजनिक रुपमै माफी माग्नु परेको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २४ मा विश्वकै सबैभन्दा ठूलो लकडाउन घोषणा गरे । जसले एक अर्ब ३५ करोड जनसंख्या भएको देश पूर्ण रुपमा ठप्प भयो । पूजा र प्रार्थना स्थल बन्द गरिए । लाखौं प्रवासी मजदुर बेरोजगार भए । कैयौं मानिसहरु पैदल नै घर गए । सयौं मजदुरको बाटोमा नै मृत्यु भयो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले लकडाउन लागू भएको पहिलो दिन नै यसको उल्लंघन गरे । अयोध्याको विवादित स्थानमा मन्दिर निर्माणका लागि भएको धार्मिक अनुष्ठानमा भाग लिएको तस्बिर सार्वजनिक भयो । एक महिनापछि जब योगी आदित्यनाथका पिताको निधन भयो, उनले आफ्नो आमा र परिवारलाई लकडाउनको नियमको अन्तिम संस्कारको समयमा पालन गर्न निर्देशन दिए, तर आफू गएनन् । नाइजेरियामा कोरोना संक्रमण सरकारमा रहेका ठूला नेतासम्म पुगेको छ । देशको शक्तिशाली चिफ अफ स्टाफ अब्बा क्यारी र बाउची राज्यका गभर्नर मार्च २६ मा कोरोना पोजेटिभ पाइएका थिए । क्यारी मार्चको शूरुवातमै जर्मनीबाट फर्किएकी थिइन् । उनले फर्किएपछि सत्तारुढ दलको बैठकमा सहभागिता जनाइन् । जसमा राष्ट्रपति मोहम्मद बुहारी र उपराष्ट्रपति यमी ओसिनबाजो सहभागी थिए । उनीहरुबाहेक १६ राज्यका गभर्नर पनि यो बैठकमा थिए । यद्यपि अधिकारीहरुले राष्ट्रपति र उपराष्ट्रपतिको कोरोना टेस्ट नेगेटिभ देखिएको बताएका थिए ।

केही हप्तापछि अप्रिल १७ मा क्यारीको निधन भयो । यो कोरोनाको कारण मृत्यु भएको उच्च ओहोदाको पहिलो मामला थियो । नाइजेरियामा हालसम्म तीन सय बढी मानिसको मृत्यु भइसकेको छ । दक्षिण अफ्रिकाका सञ्चारमन्त्री स्टेला नदाबेनी अब्राहमलाई दुई महिनासम्म बिदामा बस्ने र माफी माग्ने सजाय त्यहाँका राष्ट्रपति सीरिल रामापोसाले दिएका थिए । उनलाई यो सजाय घरमा नै नबसेको कारण दिइएको थियो । सामाजिक सन्जालमा सार्वजनिक तस्बिर अनुसार सञ्चारमन्त्री पूर्व उपमन्त्रीको घरमा अन्य पाँच व्यक्तिसँग खाना खान गएका थिए । जब यो विषयलाई लिएर विवाद भयो, तब उनले माफी मागेका थिए ।

त्यस्तै मलेशियाका उपस्वास्थ्यमन्त्री नूर आजमी गजालीलाई पनि लकडाउनको उल्लंघनको आरोपमा जरिमाना तिराइएको थियो । उनले ३ सय २५ डलर जरिमाना तिरेका थिए । एक इस्लामी स्कुलमा खाना खाएको तस्बिर सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए । त्यस्तै ब्रिटेनका प्रोफेसर नील फर्ग्यूसन, जो ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनका सल्लाहकार थिए, उनले पनि नियम उल्लंघनको सामना गर्नुपर्यो । जबकी उनकै सल्लाहमा जोनसनले लकडाउन लगाएका थिए । स्कटल्याण्डका डाक्टर कथरीन केल्डरवुड पनि लकडाउनको नियम पालना नगरेको दोषी ठहरिएका थिए । लकडाउनका समयमा दुईपटक आफ्नो घरमा गएका कारण उनले पदबाट राजीनामा दिनुपरेको थियो । त्यस्तै ब्रिटेनका प्रधानमन्त्री जोनसनका अर्का सल्लाहकार डोमिनिक कमिङ्स पनि लकडाउनको उल्लंघन गर्नेमा परे । उनले लकडाउनको समयमा लण्डनको घरबाट दुई सय ६० माइलको यात्रा गरेका थिए ।
–बीबीसीबाट