के भन्छन् परमाणु हमलाका जीवित महिला ?

टोकियो(एजेन्सी) । ७५ वर्ष पछि अगष्ट ६ र ९ मा जापानको हिरोसिमा र नागासाकी सहरमा अमेरिकाले परमाणु बमले आक्रमण गरेको थियो । यो हमलामा हिरोसिमाको ३ लाख ५० हजार जनसंख्यामा करिब १ लाख ४० हजार मानिस मरेका थिए । त्यस्तै नागासाकीमा करिब ७४ हजार मानिस मरेका थिए । यो बम हमलाले एसियामा दोस्रो विश्वयुद्धलाई अचानक रोकेको थियो । जापानले १४ अगष्ट १९४५ मा आत्मसमर्पण गरेको थियो । तर आलोचकहरुले जापान पहिलेदेखि नै आत्मसमर्पण गर्ने योजनामा थियो । यो बमबारीमा जीवित व्यक्तिहरुलाई हिबाकुशा भनिन्छ । जीवित मानिसहरु परमाणु बमको हमला पछि सहरमा रेडिएशन र मनोवैज्ञानिक समस्याबाट गुज्रिनु परेको थियो ।

ब्रिटेनका फोटोपत्रकार ली केरेन स्टोन रुची इतिहासको अहम घटनाहरुको प्रत्यक्षदर्शी रहेका महिलाको कथालाई प्रस्तुत गर्ने छ । उनले ७५ वर्ष पहिले परमाणु बम हमलामा जीवित रहेका तीन महिलाको फोटो लिएकी छन् र उनीहरुसँग कुराकानी पनि गरेकी छन् । तेरुको उएनो १५ वर्षकी थिइन्, जब उनी ६ अगष्ट १९४५ मा हिरोशिमामा भएको परमाणु बम हमलामा जीवित रहिन् । बमबारीको समयमा तेरुको हिरोशिमा रेडक्रस अस्पतालमा नर्सिङ स्कूलमा दोस्रो वर्षमा अध्ययनरत थिइन् । बमको धक्काले अस्पतालको डोरमेटरीमा आगलागी भयो । तेरुकोले त्यो आगोलाई निभाउने प्रयास गरिन्, तर उनका कैयौं साथी छात्र यो आगोमा जलेर मरे । हमलाको हप्तादिनसम्म उनले दिनरात नभनीकन पूर्ण रुपमा घाइते मानिसहरुको उपचार गरिन् । जुन समयमा उनीसँग खानेपिउने केही थिएन ।

ग्राजुएसनपछि तेरुको अस्पतालमा काम गर्न थालिन्, जहाँ उनले स्किन ग्राफ्टको अपरेसनमा सहयोग गर्थिन् । घाइतेको तिघ्राको छाला निकालेर बिग्रिएको छालामा टासिन्थ्यो । उनले तत्सुयुकीसँग विवाह गरिन्, जो परमाणु बम हमलाबाटै बचेका थिए । जब तेरुको गर्भवती भइन्, त्यो बेला के उनको बच्चा स्वस्थ हुन्छ र जीवित हुन्छ भन्नेमा चिन्ता भयो । उनको छोरी तोमोको जन्मिइन्, जो स्वस्थ थिइन् । ‘मलाई नर्कको बारेमा थाहा छैन । तर जुन अवस्थामा हामी गुज्रियौं, सायद त्यही नर्क हो कि । यस्तो फेरी कहिल्यै नहोस्’ उनी भन्छिन्, ‘परमाणु हतियारलाई नष्ट गर्ने दिशामा पहिलो काम स्थानीय सरकारी नेताले गर्नुपर्ने हुन्छ ।’

एमिको ओकाडा आठ वर्षकी थिइन्, जुन समयमा हिरोशिमामा परमाणु बम खसेको थियो । उनकी ठूली दिदी मिको र अन्य चार आफन्त यो हमलामा मारिए । एमिको र उनको परिवारका कैयौं फोटोहरु नष्ट भए । आफन्तले राखेका केही तस्बिर भने आगलागीबाट जोगिएका छन् । ती केही तस्बिर उनको दिदीको पनि थियो । ‘मेरी दिदी त्यो समय घरमा पछि भेट्छु है भन्दै निस्केकी थिइन् । उनी केवल १२ वर्षकी थिइन् । तर उनी कहिल्यै फर्किएर आइनन् । कसैलाई पनि थाहा भएन कि उनलाई के भयो ?’ एमिकोले भनेकी छन्, ‘मेरो परिवारले पुरा शक्तिका साथ उसलाई खोज्ने प्रयास गर्यो । तर उनको शरीर कहिल्यै भेटिएन । मलाई लाग्छ ऊ अझै कतै जीवित छ । मेरो आमा त्यो समयमा गर्भवती थिइन्, तर घटनापछि गर्भपात भयो । हामीसँग खानका लागि केही थिएन ।’ उनका अनुसार त्यो समयमा खानेकुरा जोगाउन ठूलो समस्या थियो । किनकी मानिसहरु सामान चोर्थे । पानी स्वादिलो लाग्थ्यो । ‘त्यसपछि मेरो कपाल झर्न थाल्यो । मलाई जहिल्यै थकान हुन्थ्यो’, उनले भनेकी छन् । १२ वर्ष पछि उनलाई एप्लास्टिक एनीमिया रोग देखियो ।

रीको पाँच वर्षको हुँदा त्यो समयमा बिहान हवाई हमलाको चेतावनी दिइएको थियो । त्यही कारण उनी घरमै रोकिएकी थिइन् । जब सबै कुरा ठिक छ जस्तो भयो, उनी छिमेकीको मन्दिरमा गइन् । जहाँ छिमेकीका बच्चा पढ्नका लागि आउथे । पटक–पटक हवाई हमलाको चेतावनी पछि बच्चाहरु स्कुल जानुको साटो मन्दिरमा पढ्नका लागि पुग्दथे । १० मिनेट पछि शिक्षकहरुले कक्षा बन्द गरे र रीको घर आइन् । ‘मैले घर भित्र पाइला राख्नासाथ मेरो आँखा तेजिलो प्रकाश आयो । त्यो रंगविहिन थियो । मैले केही पनि सम्झन सकिनँ । तबसम्म सबै कुरा सेतो भयो । त्यसपछि अर्को ठूलो विष्फोट भयो, मेरो आँखाको अगाडि अध्यारो छायो’, उनले भनेकी छन् ।

–बीबीसीबाट