नयाँ मिस्टर एण्ड मिस थारुको खोजी

काठमाडौं । तेस्रो संस्करणको ‘मिस्टर एण्ड मिस थारु २०२१’ को तयारी शुरु भएको छ । वाइएसी इभेन्ट्सको सहकार्यमा जह इन्टरटेनमेन्टले आयोजन ागर्न लागेको प्रतियोगिताका लागि यही माघ २४ गतेबाट अडिसन शुरु हुँदैछ । आयोजकले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अडिसनको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिएको छ । इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक सुरेश चौधरीले अडिसनस्थलदेखि सहभागीहरुको तयारी पुरा भइसकेकोले फागुन पहिलो सातासम्म अडिसनका सबै काम सकिने बताए ।

पहिलो दिनको अडिसन चितवनको भरतपुरस्थित लाइम एण्ड लेमन लङज, विराटनगरको इनर्जी वल्र्ड जिम एण्ड फिटनेस सेन्टर र नेपालगञ्जको स्वस्तिक कटेज एण्ड गार्डेन रिसोर्टमा हुनेछ । यस्तै माघ २८ गते सुनसरीको झुम्कास्थित सोउल म्युजिक प्रोडक्सन, सिराहाको लहानस्थित अर्किड क्याफे, पर्साको वीरगञ्जस्थित होटल ओम रेसिडेन्सी रेष्टुरेन्ट एण्ड बार र कैलालीको धनगढीस्थित थारु छात्रवासमा अडिसन हुने आयोजकले जनाएको छ ।

यस्तै फागुन १ गते काठमाडौंको अनामनगरस्थित युनियन हाउस, रुपन्देहीको बुटवलस्थित होटल द बुटवल भ्यू र दाङको घोराहीस्थित कविला रिसोर्टमा अडिसन हुने प्रवन्ध निर्देशक चौधरीले बताए । अडिसन पश्चात छनौट भएका प्रतिस्पर्धीहरुको काठमाडौंमा प्रशिक्षण गरिने छ । उनीहरुलाई २५ दिनसम्म विभिन्न विधामा रहेर प्रशिक्षण दिइने इभेन्ट डाइरेक्टर रुपेश चौधरीले जानकारी दिए । प्रतियोगिताको फाइनल चितवनको सौराहामा चैत ७ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद ५० हजार, फस्ट रनरअपले ३० हजार, सेकेण्ड रनरअपले २० हजार र विभिन्न उपहारहरु प्राप्त गर्ने छन् ।

प्रतियोगिताको इभेन्ट मेन्टर निश्मा चौधरीले प्रतियोगिताले युवायुवतीहरुलाई व्यक्तित्व विकासमा टेवा पु¥याउनुको साथै कला संस्कृतिको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताइन् । उनले ‘मिस्टर एण्ड मिस थारु’ सिजन १ र २ मा कोरियोग्राफीको भूमिका निर्वाह गरेकी थिइन् । सिजन २ की फस्ट रनरअप सुनेश्वरीकुमारी दासले यस प्रतियोगिताले आफ्नो व्यक्तित्वको विकासको साथै समाजप्रति थप जिम्मेवार बन्न प्रेरित गरेको बताइन् । उनले प्रतियोगिता पश्चात पनि सहभागिहरुले विभिन्न अवसरहरु पाउने भएकाले यस सिजनमा सहभागि हुन युवायुवतीहरुलाई आग्रह गरिन् ।

नेपालको जनसंख्यामध्ये चौथो स्थानमा रहेको थारु समुदाय विशेषगरि देशको तराई क्षेत्रमा आदिमकालदेखि स्थायी रुपमा बसोबास गर्दै आइरहेको छ । यही समुदायको उत्थान र कलासंस्कृतिको संरक्षणका लागि थारु युवाहरु सन् २०१७ देखि यस प्रतियोगिताको सुरुवात गरेका हुन् ।