कोरोनाबाट छुट्कारा पाउने समय कति ?

बेइजिङ(एजेन्सी) । कोरोना भाइरसको महामारी भलै सन् २०१९ को अन्त्यतिर शुरु भयो, तर अहिले हेर्दा केही संक्रमित बिरामीहरु ठिक हुनका लागि लामो समय लाग्न सक्ने देखाएको छ । संक्रमणपछि ठिक हुनका लागि बिरामी कुन हदसम्म बिरामी भएको थियो भन्ने कुराले निक्र्यौल गर्ने एक अध्ययनले देखाएको छ । केही मानिस बिरामी हुनासाथ छिटो बिसेक होलान् र केही मानिसले भने यो संक्रमणबाट बाहिर निस्कन लामो संघर्ष गर्नुपर्ने देखिएको छ । उमेर, लिंग र अन्य स्वास्थ्य समस्याले व्यक्तिलाई कोरोनाले ग्रस्त पनि बनाउन सक्छ । यसको उपचारमा तपाईंको शरीरमा जति प्रयोग गरिन्छ र जति समयसम्म गरिन्छ, तपाईं ठिक हुनका लागि त्यति नै समय लाग्दछ ।

कोरोना भाइरसबाट संक्रमित अधिकांश मानिसहरुलाई रुघाखोकी र धेरै ज्वरो देखिन्छ । उनीहरुमा शरीर दुखाई, थकान, घाँटीमा खराबी र टाउको दुखाईको समस्या पनि हुन्छ । कोरोनाको लक्षण देखिएका व्यक्तिलाई शुरुमा सुख्खा खोकी हुन्छ । केही व्यक्तिलाई खोकीका साथ खकार पनि आउन थाल्छ । जसमा कोरोना भाइरसका कारण मारिएका फोक्सोको मृत कोषिका हुन्छ । यस्तो लक्षण देखिएका व्यक्तिलाई आरामको सल्लाह दिइन्छ । दुखाई हटाउनका लागि पारासिटामोल र पर्याप्त मात्रामा पानी पिउन अनुरोध गरिन्छ । हल्का लक्षण देखिएका व्यक्ति चाँडै निको हुने सम्भावना पनि हुन्छ । यस्तो अवस्थामा ज्वरो हप्ता दिनमै हटे पनि रुघाखोकी हटन भने केही समय लाग्नसक्छ ।

चीनबाट आएको आँकडामा विश्व स्वास्थ्य संगठनको विश्लेषण अनुसार संक्रमणपछि कोही व्यक्तिलाई ठिक हुनका लागि औषत दुई हप्ता समय लाग्छ । यो रोगले केहीलाई निकै गम्भीर अवस्थामा पु¥याउँछ । संक्रमणको सातदेखि दस दिनसम्म यो रोगको बारेमा थाहा हुन्छ । यस्तो अवस्थामा स्वास्थ्यको अवस्था तिब्र रुपमा बिग्रन थाल्छ र फोक्सो पोल्न थाल्छ । यसबाहेक बिरामीलाई स्वास लिन पनि समस्या हुन्छ ।

शरीरको रोग प्रतिरोधात्मक शक्तिले कोरोना भाइरससँग निकै तिब्र गतिमा लड्छ । जसले गर्दा यसको केही असर शरीरमा पनि देखिन्छ । केही मानिसलाई अक्सिजन थेरापीका लागि अस्पतालमै भर्ना गर्नुपर्ने हुन्छ । ब्रिटेनकी चिकित्सक सारा जार्विसका अनुसार बिरामीको श्वासप्रश्वासको समस्यामा सुधार आउनका लागि केही समय लाग्छ । ‘यस्ता बिरामी ठिक हुनका लागि दुई देखि आठ हप्ता लाग्नसक्छ । जबकी शरीरमा देखिने कमजोरी केही समयसम्म रहनसक्छ’, उनले भनेकी छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार २० जनामा कोही एक बिरामीलाई आइसीयू जानुपर्ने हुन्छ । जसमा भेन्टिलेटरमा पनि राख्नुपर्ने हुन्छ । यदी कोही बिरामी

आइसीयूमा भर्ना भ एभने उनलाई बिरामीबाट छुटकारा पाउन केही समय लाग्छ । आइसीयूपछि बिरामीलाई जनरल वार्डमा सार्नुपर्छ । त्यसपछि बिसेकको अवस्थामा उसलाई घर जान अनुमति दिइन्छ । फ्याकल्टी अफ इन्टेन्सिब केयर मेडिसिनका डीन डा. एलिसन पिटार्ड क्रिटिकल केयरपछि कोही बिरामीलाई सामान्य अवस्थामा फर्कन १२ देखि १८ महिना लाग्नसक्छ ।

अस्पतालको ओछ्यानमा लामो समयसम्म बसेपछि शरीरको मांशपेशीमा ठूलो मात्रामा नोक्सान हुने गर्दछ । जसकारण रोगी कमजोर हुन्छन् र यस्तो अवस्थामा मांशपेशीमा पुनः शक्ति आउन समय लाग्छ । केही मामलामा त मानिसलाई पुनः सामान्य अवस्थामा हिड्नका लागि फिजियोथेरापीको आवश्यकतासम्म पर्दछ । आइसीयूमा रहँदा शरीरका विभिन्न अंगको उपचार भएको हुन्छ । यस्तो अवस्थामा कैयौं पटक मानसिक समस्या पनि झेल्नुपर्ने हुन्छ ।