चीनमा फस्टाउँदै टिकटक लाइभ स्ट्रिमिङ सेल्स

बेइजिङ(एजेन्सी) । चीनको वुहान सहरकी कार्यवाहक मेयर ली कियाङ आजकल आफू निकट व्यक्तिहरुलाई आफू केही नर्भस भएको बताइरहेकी छन् । वुहान त्यही सहर हो, जहाँबाट कोरोना भाइरस अर्थात् कोभिड–१९ को शुरुवात भएको थियो । यो समयमा कियाङ वुहानमा पहिलो टिकटक लाइभ स्ट्रिमिङ इभेन्टको पर्खाइमा छिन् ।कियाङ जुन लवजमा कुरा गरिरहेकी छन्, चीनको कम्युनिष्ट पार्टीको वरिष्ठ अधिकारी अमूमन कियाङको जसरी कुरा गर्दैनन् । तर महामारीले ध्वस्त भएको अर्थव्यवस्थालाई फेरी ट्रयाकमा ल्याउनका लागि गरिएको कोशिसलाई मध्यनजर राख्दै कियाङ आफ्नो सोचमा अडिग छिन् । वुहानको स्थानीय खानपान प्रति कियाङको गहिरो लगाव छ । उनी वुहानका मानिसहरुलाई आफ्नो मनपर्ने पसलमा गइरहन आग्रह गर्छिन् । यहाँ राष्ट्रियस्तरमा दुई महिनाका लागि लगाइएको लकडाउनले अर्थव्यवस्थालाई ठूलो धक्का पुगेको छ । यो वर्षको पहिलो तीन महिना चीनको अर्थव्यवस्थामा ६ दशलमब ८ प्रतिशतको घाटा भएको छ ।

सन् १९७६ मा चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओको निधन पछि पहिलोपटक चीनको अर्थव्यवस्थामा यस्तो गिरावट आएको हो । तर त्यो समयको तुलनामा चीनका राजनेताको वर्तमान पिढी बढी व्यवहारिक छन्, खासगरी अहिलेको अर्थव्यवस्था खराब अवस्थामा गुज्रिरहँदा उनीहरु अर्थव्यवस्थालाई कसरी उकास्ने भनेर चिन्तित छन् । चीनमा रहेका प्रान्त स्तरमा अर्थव्यवस्थालाई ट्रयाकमा ल्याउन अभियान नै चलाइएको छ । ६ करोड जनसख्ंया भएको हुबे प्रान्तका वरिष्ठ अधिकारीहरुले आफूलाई अनलाइन सेलिब्रेटीमा परिवर्तन गरेका छन् । कियाङ र उनका सहयोगी स्थानीय ब्राण्डको प्रचार गरिरहेका छन् र बिक्रीको आँकडामाथि राम्रो नजर लगाइरहेका छन् ।  चिनियाँ सञ्चारमाध्यमका अनुसार अभियानको पहिलो दिन अप्रिल ८ मा हुबे प्रान्तमा टिकटक लाइभ स्ट्रिमिङ सेल्सका माध्यमबाट २५ लाख डलरको कारोबार भएको थियो । यो लाइभ स्ट्रिमिङमा नौ घण्टाको समयमा तीन लाख आइट सामान बेचिएको थियो । कियाङको फेवरिट हट एण्ड ड्राई नूडल्सको पनि अधिक विक्री भएको थियो ।

चीनमा लाइभ स्ट्रीमिङ उद्योगको फाइदा उठाउने हूबे एक्लो प्रान्त होइन । चीनमा जब सामाजिक दुरीको नियम लागु भयो, हुनान, सेन्डोङ र गुआंग्शी जस्ता प्रान्तमा कैयौं स्थानीय अधिकारीहरुले आफूलाई सेल्स गुरुमा परिणत गरे । उनीहरु स्थानीय उत्पादनको विज्ञापन गरिरहेका छन् । जसमार्फत अर्थव्यवस्थालाई ट्रयाकमा ल्याउन चाहन्छन् । यसरी कम्युनिष्ट पार्टीका नेताहरुलाई उनीहरुको क्षेत्रमा अलग भूमिकामा देख्न थालिएको छ । मार्केटिङ कन्सल्टेन्सी फर्म फायरवक्र्सका सिइओ एन्ड्रिया फेन महामारीको समयमा लाइभ स्ट्रिमिङका माध्यमबाट विक्रीको आशा बढ्दै गएको बताउँछन् । ‘सेवा उद्योग र दोस्रो उद्योगहरुको समर्थनको प्रस्ताव गर्ने कम्पनीका लागि मार्केटिङमा लगानीका लागि नयाँ मौका सिर्जना गरेको छ’, उनी भन्छन् । भलै यो व्यापारिक मोडल कुनै टप डाउन एफर्ट अर्थात् कुनै निर्णय लिन शीर्ष स्थानको आदेश पर्खनुपर्ने जस्तो होइन । लाइभ स्ट्रिमिङ प्लेटफर्ममा नेताको आगमनभन्दा धेरै अघि नै व्यापारिक नेताहरु आफ्नो उत्पादन बेच्नका लागि टिकटक, ताओबाओ र कुआइशोउ जस्ता सेवा प्रयोग गरिरहेका थिए । यिनै व्यापारिक नेतामध्येमा ली जियाकी पनि एक हुन् । २७ वर्षीय ली आफ्नो अनौठो शैलीका कारण ‘लिपस्टिक ब्रदर नम्बर १’ को उपनामले चर्चित छन् ।

दक्षिण पूर्वी चीनको नानचाङको एक गुमनाम पसलमा सामान्य तलबमा काम गर्ने जियाकीको टिकटकमा चार करोडभन्दा बढी फलोअर्स छन् । लाइभ स्ट्रिमिङ प्लेटफर्ममा यस्तै एक सेल्स सेशनका समयमा जियाकीले पाँच मिनेटमा १५ हजार लिपस्टिक्स बेचेका थिए । नयाँ पिढीको यी कारोबारहरुमा ३३ वर्षीय वेई या पनि छन् । अलीबाबाको लाइभ स्ट्रिमिङ सर्भिस ताओबाओमा वेईले अप्रिल १ मा ६ मिलियन डलरको कमर्शियल रकेटको विक्री गरिन् । यो आँकडा यति आश्चर्यजनक थियो कि, यसको चर्चा अन्तर्राष्ट्रियस्टरमै भयो । ताओबाओले एक विज्ञप्ती नै जारी गरेर यो आँकडा सही थियो या गलत थियो भन्ने सफाइ नै दिनुपर्यो । किनकी यो आँकडा अप्रिल १ को थियो ।

चीनको लाइभ स्ट्रिमिङ सर्कलमा वेई एक चिनिएकी अनुहार हुन् । उनको फलोअर्स उनलाई क्वीन अफ गड्स भनेर बोलाउँछन् । सरकारी पत्रिका चाइना डेलीले यो इभेन्टलाई रकेटको विक्रीको विश्वमै पहिलो प्रसारण भनेको छ । वीबोमा ६ लाख २० हजार ज्यादा फलोअर्सले ह्यासट्यागवाइयासेल्सएरकेटको प्रयोग गरे । २० लाख भन्दा बढी मानिसले उनको विक्रीलाई इन्टरनेटमा प्रत्यक्ष हेरे ।

चीनमा अहिले विदेशी ब्राण्ड पनि यो अभियानको हिस्सा बनिरहेका छन् । विलासी बस्तु बनाउने कम्पनी लुइस विटानले मार्चमा यस्तै एक लाइभ स्ट्रिमिङ होस्ट गरेको थियो । यो कम्पनीले चीनमा व्यापार गरेको ३० वर्ष भएको छ । तर यस्तो प्रविधि प्रयोग गरेको भने पहिलो पटक हो । गत फेब्रुअरीमा चीनमा कोभिड–१९ को महामारी उत्कर्षमा थियो । त्यो समयमा ताओबाओको प्लेटफर्ममा ठूलो संख्यामा लाइभ स्ट्रिमिङ सेल्स इभेन्ट्स होस्ट गरिएको थियो । ताओबाओमा देशभरबाट नयाँ विक्रेता जोडिए । कम्पनीको आँकडाका अनुसार यसमा ७ सय १९ प्रतिशतको आक्रामक संख्या बढ्यो ।