यसरी गरिन्छ कन्ट्याक्ट ट्रेसिङ

लण्डन(एजेन्सी) । ब्रिटेनमा तिब्र रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रणमा राख्नका लागि यहाँका लाखौं मानिसहरुलाई आफ्नो गतिविधिलाई ट्रयाक गर्नका लागि स्थानीय सरकारले आदेश दिने तयारी गरिरहेको छ । मानिसहरुलाई चाँडै नै उनीहरु कहाँ गइरहेका छन्, कसलाई भेट्न खोजिरहेका छन् भन्ने कुरा आफैं हेर्न सरकारले अनुरोध गर्न लागेको हो । सरकार संक्रमणबाट पीडित मानिसले गरेको सम्पर्क पत्ता लगाउन अर्थात कन्ट्याक्ट ट्रेसिङका लागि २८ हजार मानिसलाई तैनाथ गर्ने तयारीमा छ । यो प्रक्रियामा बढी भन्दा बढी मानिसलाई सहभागिता जनाउन सरकारले आव्हान गरेको छ ।

भारतमा कन्ट्याक्ट ट्रेसिङका लागि प्रविधिको सहयोग लिइएको छ । भारत सरकारले अप्रिल २ मा आरोग्य सेतु एप सार्वजनिक गरेको छ । यो एप कन्ट्याक्ट ट्रेसिङका लागि महत्वपूर्ण मानिएको छ । आरोग्य सेतु एप ११ भाषामा उपलब्ध छ । जसका माध्यमबाट मानिसहरु आफ्नो वरपर कोरोनाका बिरामीको बारेमा जानकारी हासिल गर्न सक्छन् । सरकारले जारी गरेको सूचनामा यो एपलाई प्रयोगकर्ताको गोपनियतालाई ध्यानमा राख्दै बनाइएको उल्लेख छ । यसबाहेक पन्जाब, तमिलनाडु, कर्नाटक र गोवाको सरकारले पनि यस्तो मोबाइल एप सुरु गरेको छ, जसका माध्यमबाट कोरोना भाइरस(कोभिड–१९) सम्ग सम्बन्धित जानकारी हासिल गर्न सकिन्छ । साथै यो एपबाट कोरोना संक्रमित व्यक्ति र होम क्वारेन्टाइनमा रहेका मानिसको बारेमा निगरानी गर्न सकिन्छ ।

धेरै मानिसलाई कन्ट्याक्ट ट्रेसिङ के हो ? यसले कसरी काम गर्छ ? के तपाईंलाई यो प्रक्रियामा सहभागी हुन जरुरी छ, यसमा सहभागिता जनाउँदा तपाईंको डेटा के हुन्छ भन्ने कौतुहलता पनि छ । कन्ट्याक्ट ट्रेसिङको प्रयोग संक्रामक बिरामीको फैलने गति कम गर्नका लागि गरिन्छ । सामान्यतया यसलाई सेक्सुअल हेल्थ क्लिनिकमा प्रयोग गरिन्छ, जहाँ डाक्टर संक्रमणबाट पीडित रोगीसँगको सम्पर्कमा आउने मानिससँग सम्पर्क राख्नका लागि प्रयोग हुन्छ । तर कोभिड–१९ जस्तो विश्व महामारीको मामलामा कन्ट्याक्ट ट्रेसिङको उद्देश्य ती व्यक्ति पत्ता लगाउनु हो, जो कोरोना भाइरस संक्रमित व्यक्तिसँग लामो समय सम्पर्कमा रहेका हुन्छन् । ताकि यस्ता व्यक्तिलाई सेल्फ आइसोलेट गर्न सजिलो हुन्छ ।

कोरोना भाइरसबाट संक्रमित मानिसको साथीहरु र परिवारका सदस्यलाई फोन गरेर यो प्रक्रियाको बारेमा जानकारी दिइन्छ । यसका लागि अटोमेटेड लोकेशन ट्रेकिङ मोबाइल एपको पनि सहयोग लिइन्छ । हङकङ, सिंगापुर र जर्मनीलगायत कोरोना भाइरसबाट प्रभावित कैयौं देशमा कन्ट्याक्ट ट्रेकिङको प्रयोग पहिलादेखि नै गरिँदै आएको छ । ब्रिटेनमा पनि मे मध्यमा कन्ट्याक्ट ट्रेकिङ एकप र फोन टिमको प्रयोगको योजना बनाइँदैछ । ब्रिटेनले कैयौं हप्ताको सामाजिक दुरीबाट संक्रमणको नयाँ मामलालाई ट्रेक गर्न सजिलो हुने आशा राखेको छ ।

ब्रिटेनमा यसका लागि १८ हजार मानिसको टिम बन्नेछ, जसमा ३ हजार सिभिल सर्भेन्ट र हेल्थ वर्कर हुनेछन् । जसमा १५ हजार मानिसहरु कल हेन्डलर हुनेछन् अर्थात उनीहरु कोरोना भाइरसका बिरामीसँग उनीहरुको हालको गतिविधि र सम्पर्कका बारेमा सोधपुछ गर्नेछन् । यो काम पछि बिरामीको सम्पर्कमा आएका व्यक्तिसँग सम्पर्क गरिन्छ । यसका लागि ट्रेसिङ एप र टेलिफोन प्रणालीको मिल्दोजुल्दो प्रयोग गरिनेछ । आगामी केही हप्तामा यो स्मार्टफोनमा डाउनलोड गर्नका लागि उपलब्ध हुनेछ । जसै यो फ्रि एपको प्रयोगकर्ता आपसमा सम्पर्क गर्छन, ब्लुटुथको प्रयोग गरेर त्यसलाई ट्रेक गर्छन् । ट्रेकिङ शुरु हुनासाथ यसको अटोमेटिक कन्टेक्ट ट्रेसिङ प्रक्रियाले काम गर्न शुरु गर्छ ।

कैयौं देशमा लकडाउन अन्त्य गर्न वा यसमा छुट दिनका लागि कन्ट्याक्ट ट्रेसिङ निकै सहयोगीसिद्ध साबित भएको छ । दक्षिण कोरियामा कोरोना भाइरस संक्रमणको समयमा कहिल्यै लकडाउन गरिएन । त्यहाँ शुरु समयदेखि नै ठूलो स्केलमा ट्रेसिङ शुरु गरिएको थियो । साथै ठूलो संख्यामा मानिसको टेस्टिङ पनि शुरु गरिएको थियो । त्यहाँको सरकारले आफ्ना नागरिकलाई आफू कहाँ कहाँ गएको कुरा सम्झिएर भन्न आग्रह गरेको थियो । यसका लागि क्रेडिट कार्ड ट्रान्जेक्सन, सीसीटीभी फुटेज र मोबाइल फोन ट्रेकिङको प्रयोग गरिएको थियो ।  यदी ब्रिटेनमा यो प्रविधिलाई ठूलो स्टरमा प्रयोग गरिएमा लकडाउनलाई हल्का हटाउन सहयोग सिद्ध हुनेछ । ब्रिटेनमा सरकारले महामारीको शुरुवातमै कन्ट्याक्ट ट्रेसिङको कोशिस शुरु गरेको थियो ।