बिहार(एजेन्सी) । बिहारको रक्सौल सहरको बजारमा आजकल सन्नाटा छाएको छ । त्यहाँ दोकान त खुलेको छ, तर ग्राहक छैनन् । अधिकांश सडकहरु खाली नै छन् । भारत–नेपालको सीमामा रहेको यो मात्र एक्लो सहर हो । यसको सीमा पारी वीरगन्ज सहर छ, जसलाई नेपालको औद्योगिक राजधानी भनिन्छ । दुई देशबीच जारी तनावको असर यहाँको बजारमा प्रत्यक्ष देखिन थालेको छ । सीमा सिल छ र आम रुपमा नेपालबाट आउने ग्राहक रोकिएका छन् ।‘सिमा सिल नहुनु भने यहाँ मेला लाग्छ, किनकी यो सदियौंदेखिको सिजन थियो । यो बजारमा ७० देखि ८० प्रतिशत ग्राहक नेपालबाट आउँछन् । उनीहरु यहाँको किरानाको सामान, भाडाकुडा, कपडाजस्ता सामान किन्दछन्’, रक्सौलका स्थानीय पत्रकार अमरदीप भन्छन् ।
नेपालको संसदले एक नयाँ नक्सा पारित गरेर भारतले आफ्नो भनी दाबी गर्दै आएको लिपुलेख, कालापानी र लिम्पियाधुरालाई आफ्नो मुलुकमा समेटेपछि दुई देशबीच तनाव सिर्जना भएको हो । ‘हाम्रो यहाँ ९० प्रतिशत ग्राहक नेपालबाट आउँथे । लकडाउन पछि २४ दिन भयो पसल खोलेको, तर कर्मचारीलाई तलब दिन सक्ने गरी पनि सामान बिक्री भएको छैन । अहिले घरबाटै उनीहरुको खर्च जुटाइरहेको छु । तीन महिनादेखि पसल बन्द हुँदा हाम्रो कम्मर नै टुटेको छ । यदी यो तनाव अझ तीन महिना उता गयो भने हामीसँग पसल बिक्री गर्नेबाहेक अर्को विकल्प नै रहन्नँ’, स्थानीय पसलका सञ्चालक विमलकुमार रुंगटा भन्छन् । अन्य व्यवसायीको जस्तै रक्सौलका व्यवसायीहरुको पनि कोरोना महामारीले नोक्सान ब्यहोर्नुपर्यो । तर नेपालसँग भारतको तनावले उनीहरुको समस्यालाई कैयौं गुना बढाइदिएको छ ।
कपडाका धोक व्यापारी दिनेश धनौठियाको पीडा पनि उस्तै छ । ‘आशा थियो कि लकडाउन पछि सबै ठीक हुनेछ । पसल खोल्नु अनुमति त मिल्यो, तर नेपाल सीमामा तनाव भएको छ । मानिसहरुको आउनेजाने बाटो नै बन्द छ । हाम्रा लागि पसलको भाडा उठाउन मुस्किल भइसकेको छ । त्यसकारण हामीहरु यहाँबाट पलायन भएर अन्य स्थानमा व्यवसाय गर्न सोचिरहेका छौं’, उनी भन्छन् ।
नेपाल र भारतबीच तनाव हुनु अघि नेपालका मानिसहरु सीमामा अनुमति लिएर भारतीय क्षेत्रमा जान्थे । मानिसहरुसँग भेटघाट गर्थे र एकअर्काको सामानको आदानप्रदान गर्थे । तर अब यो भेटघाट ‘नो मेन्स लेण्ड’मा हुँदैछ । दुवै देशले आफ्नो चेकपोस्ट बनाएका छन् । जहाँ सामानको चेकिङ हुने गर्दछ । नो मेन लेण्डमा पनि मानिसहरुलाई धेरै बेर रहन दिँदैन ।
नेपालका नागरिक भारत गएर सामान किन्दछन् । उनीहरुलाई त्यति नै मूल्यमा सामान दिइन्छ, जति मूल्य भारतमा पर्दछ । तर त्यो सामान व्यापारको लागि हो भने नेपाल पुर्याउदा मूल्य बढ्छ । सीमा जागरण मञ्चका प्रदेश अध्यक्ष महेश अग्रवालका अनुसार बढी नोक्सान नेपालीलाई भइरहेको छ । ‘किनकी उनीहरु बढी मूल्यमा सामान किन्न बाध्य छन् । हाम्रोभन्दा चार गुणा बढी नोक्सान नेपालीलाई छ । आशा छ कि सीमा पुनः खुल्नेछ किनकी कोही पनि धेरै दिनसम्म नोक्सान सहन सक्दैनन् । यदी नेपाली प्रशासन अझैं कडा भयो भने नेपालका मानिसहरुले विद्रोह गर्नेछन्’, उनले भनेका छन् ।