नेपालको विकासमा सक्रियता बढाउदै चिनियाँ कम्पनी

काठमाडौं । कोरोना महामारीको समयमा बेल्ट एण्ड रोड परियोजनाको निर्माणमा जुटेका चिनियाँ पूँजीवाला उद्योगले नेपाललाई सहयोग गरेका छन् । यसरी नै कैयौं चिनियाँ कम्पनीहरु नेपालमा विकासका काममा जुटेका छन् ।  चीन र नेपालको संयुक्त पूँजी वाला कम्पनी हिमालय एयरलाइन्सको स्थापना सन् २०१४ मा भयो । जसको मुख्यालय काठमाडौंमा छ । यो महामारीको समयमा हिमालय एयरलाइन्सले चीनबाट स्वास्थ्य सामाग्री ल्याउने काम गरिरहेको छ ।

कम्पनीका अध्यक्ष चाओ एनयोङले हिमालय एयरलाइन्सले वायु रेशम मार्ग स्थापित गरेको बताए । ‘महामारीले नेपाल र चीनबीचको आदानप्रदान र सम्पर्कलाई रोक्न सक्दैन । यो हवाई रेशम मार्गको माध्यमाट चिनियाँ र नेपाली जनताका बीच मैत्रीपूर्ण सम्बन्ध अझ बढ्नेछ’, उनले भनेका छन् । काठमाडौंमा रहेको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हो । कोरोना महामारी अगाडि यहाँ दैनिक ५ सय अधिक आन्तरिक तथा बाह्य उडान हुन्थ्यो । लामा समयसम्म यो विमानस्थलको मर्मत नहुँदा धेरैले खतराको महशुस गरेका थिए ।

सन् २०१८ को अन्त्यमा चिनियाँ विमान प्रौद्योगिकी इन्टरनेसनल इन्जिनियरिङ कम्पनीले त्रिभूवन विमानस्थलको रनवेको मर्मत कार्य शुरु गरेको थियो । यो काम उनीहरुले सन् २०१९ को अन्त्यमा पुरा गरे । उनीहरुले यो काम सम्झौता सकिनु भन्दा १ सय २८ दिनमै सकेका थिए ।  गत जूनबाट नेपाल सरकारले चरणबद्ध रुपमा लकडाउनलाई विस्तारै हटाउदै गएको छ । चिनियाँ विमानन प्रौद्योगिकी इन्टरनेशनल इन्जिनियरिङ कम्पनीको नेपाल शाखाले सुरक्षाको ग्यारेन्टीको शर्तमा कामकाज र उत्पादन शुरु गरिसकेको छ ।

काठमाडौं लामो समयदेखि खड्किइरहेको पिउने पानीको अभावलाई हटाउनका लागि पावर चाइना कम्पनीले सन् २०१९ को अक्टोबरबाट मेलम्ची पानी सप्लाई परियोजनाको कार्यान्वयन शुरु गरेको छ । हाल कम्पनीको वैज्ञानिक र सुव्यवस्थित व्यवस्थाबाट महामारीको रोकथाम एवं नियन्त्रण तथा कामकाज र उत्पादनको स्थिर विकासलाई अगाडि बढाइएको छ । यो परियोजनासँग सम्बन्धित चिनियाँ उप प्रबन्धक वाङ वेइका अनुसार महामारीको रोकथाम र नियन्त्रणसँगै परियोजनाको निर्माणको कामलाई पनि राम्रोसँग अगाडि बढाइएको छ ।