क्लेमेन्ट भन्छन्-बासेन्जी हेर्नु भनेको लामो समयसम्म सम्झिरहनु नै हो

काठमाडाैं । यही असोज २६ का दिन नेपाली फिल्म क्षेत्रले एउटा नयाँ साइकोलोजिकल थ्रिलर फिल्म पाउँदै छ– ‘बासेन्जी’ । नेपालमा पहिलो पटक भिडियो गेम कथाशैलीमा बनाइएको फिल्म ‘बासेन्जी’ का निर्देशक अमेरिकी नागरिक इयन स्कट क्लेमेन्ट हुन् । गौरीशङ्कर इन्टरटेनमेन्टबाट सुरज मैनालीको निर्माणमा बनेको ‘बासेन्जी’ हरर जनरामा निर्माण गरिएको फिल्म हो ।

यिनै निर्देशक क्लेमेन्टसँगको कुराकानी –
तपाईंले नेपाली फिल्म नै बनाउने निर्णय किन गर्नुभयोरु केले प्रेरणा दियो ?
मैले नेपाली फिल्म बनाउन रोजाइ गरेको होइन । नेपाली फिल्मले मलाई रोजेका हुन् । म उच्च शिक्षा लिँदा(लिँदै नै मेरो नेपाली मित्र विराजसँग नेपाल आएँ, नेपालमै रमाए, नेपालमै प्रेरणा पाएँ र यहीँ बस्ने निधो गरेँ ।

तपाईंको पहिलो फिल्म ‘आँपको अचार’को अनुभव कस्तो थियोरु के त्यो फिल्मले तपाईंलाई बासेन्जी बनाउन मद्दत गर्‍यो ?
आँपको अचार एउटा बेग्लै यात्रा थियो । नेपालको बारेमा मात्र होइन, एउटा फिल्मकर्मी हुनुको शिक्षा पनि मैले त्यही फिल्मबाट पाएँ । त्यही फिल्ममा बनेका मेरा साथीहरूसँगको सहकार्यले मलाई ‘बासेन्जी’ बनाउन मद्दत गरेको छ ।

अन्य फिल्मभन्दा ‘बासेन्जी’ कसरी फरक छ ? नेपाली दर्शकले के नयाँ पाउलान् ?
यो फिल्म दर्शकहरूका लागि फिल्म हेर्नु भन्दा पनि एउटा कुनै सपना, वा एउटा मानसिक तरङ्गको यात्रा दिने प्रयास मैले गरेको छु । सिनेमाघरमा बासेन्जी हेर्नु भनेको लामो समयसम्म सम्झिरहनु नै हो ।

एउटा निर्देशककै परिप्रेक्ष्यमा “बासेन्जी”का बारेमा थोरै बताउनुहोस् न ।
म शब्दहरूमा यो फिल्मको बारेमा भन्नै सक्दिनँ किनकि त्यो भावना नै यो फिल्म आफै नै हो । शब्दमा लेख्‍न सक्ने भए म यसलाई एउटा पुस्तक नै बनाउने थिएँ नि, हैन ररु भन्दै गर्दा पुरानो कुरा दोहोर्‍याएको जस्तो लाग्ला–तर फिल्मका बारेमा बुझ्न फिल्म हेर्नै पर्छ ।

मनोवैज्ञानिक थ्रिलर फिल्म नै किन ? 
खासैमा भन्नु पर्दा यो फिल्मको जनरा जेसुकै भए पनि म खुसी नै हुन्छु । यसलाई मनोवैज्ञानिक थ्रिलर बनाउँछु भनेर बनाएको होइन, बन्दै जाँदा थ्रिलर जनराको बनेको हो । अचेलको जेन्डर रोल जस्तो ‘यो(त्यो’ होइन, यसको कुनै जेन्डर नै छैन – नन(बाइनरी हो यो ।

तपाईंले यो फिल्म भिडियो गेमको शैली – प्रथम पुरुष र तृतीय पुरुष शैलीमा नै किन बनाउनु भयो ?
दर्शकहरूलाई अनिश्चितताको यात्रामा लिएर जानका लागि । क्यामराको आँखाले मात्र देखेका कुरा यदि तटस्थ भएर हेर्न सकिन्छ भने सबै प्रश्नहरू गर्न स्वतन्त्र पनि भइन्छ । आफूले जसरी बुझ्दै गयो, त्यसरी नै कथा खुल्दै जान्छ र हरेक मोडमा छक्क पार्न सक्ने तत्त्वहरू पनि पाउन सकिन्छ । त्यसका लागि मैले कहिले प्रथम पुरुष त कहिले तृतीय पुरुषमा कथा भनेको हुँ, जुन हालसम्म भिडियो गेममा मात्र छ – तर यसलाई फिल्ममा ल्याउँदा आफू नै पात्र हुन् पाइन्छ । प्रथम पुरुष देखाउन मैले टाउकोमा राख्‍न सकिने क्यामरा माउन्ट तयार गरेको हुँ, जसलाई दृश्य देखाउन सकिने क्षेत्रमा मात्र प्रयोजन गरियो र पात्रको विस्तार गर्न सोही क्यामराले खिचेको दृश्यमात्र प्रयोग गरियो । तृतीय पुरुषको कथाका लागि भने गिम्बल प्रयोग गरियो जसलाई केन्द्रीय पात्रको दायराभित्र मात्र सीमित गरियो । सिनेमा काट्ने बेला यी दुई ध्रुवहरूलाई मध्यनजर गरेरै काट्यौं हामीले जसका कारण टाढाका दृश्य, नजिकको क्लोज अप कुनै रहने ठाउँ नै हुँदैन । यो दायराका कारण दर्शक आफ्नै संसारमात्र हेरिरहेको अनुभव गर्नेछन्, जुन पूर्ण मनोवैज्ञानिक हुन जान्छ ।

फिल्मको नाम किन “बासेन्जी” राखियो ?
माफ गर्नुहोला, त्यो चैं म भन्दिनँ । तपाईंले गुगल गर्दा आफै केही पाउनुहुन्छ होला तर सिनेमाको अन्तरकुन्तरका कुरा बुझ्न सिनेमा नै हेर्नुपर्छ, त्यो पनि बारम्बार १ मेरो जीवनकालभित्रमा कसैले सिनेमा के हो पत्ता लगायो भने म उसलाई बियर ख्वाउँछु १

यो बाहेक पनि फिल्महरूको योजना छ ?
‘आइ विस आइ डिन्ट ह्याभ टु डु दिस’ भन्ने लघुफिल्म बनाउँदै छु, जुन अर्को वर्षसम्म विभिन्न फिल्म फेस्टिबलमा जाला । विगत १० वर्षदेखि ‘यिथ सेक’ नाम गरेको प्रोजेक्टको योजना पनि छ, जुन ह्याकर, एलियन, आतङ्कवाद, राजनीति, आदि विभिन्न विषयहरूमा छ, जुन म अहिल्यै बुझाउन पनि सक्दिनँ । यसबाहेक म्युजिक भिडियोहरू गर्दै छु, जुन मेरी प्रेमिका सिर्जना (अभिनेत्री तथा मोडल सिर्जना रेग्मी) सँग गर्दै छु । उनी निकै अब्बल गीतकार र गायिका पनि हुन् जसलाई मलाई जस्तै डरलगाउने कुराहरू मन पर्छन् । हाम्रा पुराना कामहरू तपाईंले युट्युबमा देख्‍न सक्नुहुन्छ ।