द राइज अफ साम्राज्यमा विजय बराल

काठमाडौं । फिल्म ‘द राइज अफ साम्राज्य’मा अभिनेता विजय बराल अनुबन्ध भएका छन् । निर्देशक सौरभ चौधरीले निर्देशन गर्ने यो फिल्ममा सौगात मल्ल, दयाहाङ राई र नाजिर हुसेनपछि विजय अनुबन्ध भएका हुन् ।

‘फिल्मको लाइनअपलाई बलियो बनाउने प्रयास जारी छ । यसैक्रममा हामीले विजय बराललाई लिएका छौँ,’ निर्देशक सौरभले भने, ‘हामी दर्शकको रोजाइमा रहेका र कथाले मागेका कलाकारलाई लिइरहेका छौँ ।’

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा उपन्यासकार बुद्धिसागरले कथा र पटकथा लेखेका छन् । फिल्मको छायांकन आगामी साताबाट सुरु हुनेछ । निर्माण टिमले ७० दिनको छायांकन तालिका तयार पारेको छ, जसको अधिकांश हिस्सा पूर्वी नेपालमा खिचिनेछ ।

फिल्मको निर्मातामा प्रवेश चौधरी र निला देव रहेका छन् । को–प्रोडुसरमा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डे छन् ।
मानकृष्ण महर्जनको डीओपी रहने यो फिल्मको एक्सन डिरेक्टरमा श्री श्रेष्ठ छन् । डिजिटल पाटर्नरमा ओएसआर डिजिटल रहेको छ भने पब्लिसिटी पार्टनरमा टौवा स्टुडियो छ । यो फिल्मको वितरकमा डिसीएन रहेको छ ।