लसएन्जल्स(एजेन्सी) । मुद्धा दर्ताको आठ वर्षपछि हलिउड स्टार जोडी एन्जेलिना जोली र ब्राड पिटको सम्बन्धविच्छेद भएको छ । जोलीका वकिलले सञ्चारमाध्यमलाई उनीहरुको सम्बन्धविच्छेद भएको पुष्टि गरेका छन् । पिटको तर्फबाट यस विषयमा आधिकारिक धारणा आइसकेको छैन ।
यो जोडीले सन् २०१४ मा विवाह गरेका थिए । उनीहरुका ६ सन्तान छन् । जोलीले सन् २०१६ मा ‘अपरिवर्तनीय भिन्नताहरु’लाई कारण देखाउँदै सम्बन्धविच्छेदको मुद्धा दर्ता गराएकी थिइन् ।
मुद्धा दर्ता भएपछि सन्तानहरुलाई कसले राख्ने भन्ने विषयमा मुद्धा लडिरहेका थिए । सन् २०२१ मा न्यायधिशले दुवै अभिभावकको अभिभावकत्वमा सन्तान रहने निर्णय दिएका थिए ।
फ्यानमाझ ‘ब्राञ्जेलिना’का रुपमा परिचित यो जोडीको सन् २००५ मा फिल्म ‘मिष्टर एण्ड मिस स्मिथ’को सेटमा एको थियो ।
ब्राडको जोलीसँग दोस्रो विवाह हो । यसअघि उनले ‘फ्रेण्ड्स’ स्टार जेनिफर एनिस्टनसँग विवाह गरेका थिए । जोलीको भने ब्राडसँग तेस्रो विवाह हो । उनले ब्राडअघि अभिनेता बिली बब थोर्नटन र जोनी ली मिलरसँग विवाह गरेकी थिइन् ।
जोलीले ‘लारा क्रफ्टः टम्ब रेडर’, ‘च्यालेन्जिङ एण्ड गर्ल’ र ‘इन्टरप्टेड’मा अभिनय गरेकी छन् भने पिटले ‘फाइट क्लब’, ‘वान्स अपन ए टाइम इन हलिउड’ र ‘ट्वेल्भ मङ्किज’जस्ता फिल्ममा अभिनय गरेका छन् ।