काठमाडौं । मिसेस वर्ल्ड २०२५ चनिता श्रीदाकेत क्रेथोर्न (स्यामी) तीनदिने भ्रमणका लागि भोलि शुक्रबार नेपाल आउने भएकी छन्। रिवन इन्टरटेनमेन्टको आयोजनामा शनिबार काठमाडौंस्थित पुलिस क्लबमा आयोजना हुने मिसेस नेपाल वर्ल्ड २०२६ को ग्रान्ड फिनालेमा सहभागी हुन उनी नेपाल आउन लागेकी हुन्।
थाइल्यान्डकी स्यामीको यो पहिलो नेपाल भ्रमण हो। आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाले स्यामीको नेपाल भ्रमणलाई विवाहित महिलाको आत्मविश्वास, क्षमता र सशक्तीकरणका विषयमा अनुभव आदानप्रदान गर्ने अवसरका रूपमा हेरिएको बताए ।
यस वर्षको मिसेस नेपाल वर्ल्डमा २२ जना विवाहित महिला अन्तिम प्रतिस्पर्धामा छन्।






