डेनमार्क । गायक आकाश सिग्देलको स्वर, शब्द र संगीत रहेको गीत ‘मायालुले’ को आधिकारिक म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा डेनमार्क र नेपालमा कार्यरत कलाकार, संगीतकर्मी तथा प्राविधिकहरूको सहकार्य समेटिएको छ।
गीतको निर्माता कुन्ता न्यौपाने सिग्देल हुन्। डेनमार्कस्थित कोपनहेगनमा छायांकन गरिएको भिडियोमा कोपहेगनमै रहेका कलाकारहरुको अभिनय छ । रजनीश चौधरीको निर्देशन रहेको भिडियोमा प्रदीप्ति पोखरेल, टाइगर सुवेदी (बाबिन) र सबित काफ्लेको अभिनय छ । भिडियोमा छायाङ्कन विकल थापाको र रग संयोजन रिषन महर्जनको रहेको छ ।
गीतमा विनोद रसाइलीको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ, वाद्यवादनतर्फ सुमन तामाङको गितार, नगेन्द्र बिक्रम राईको बाँसुरी, बोबी दियालीको भायोलिन, आशिम गुरुङको बेस गितार र गुप्ता गुरुङको ड्रम्स सुन्न सकिन्छ।
गीतको रेकर्डिङ डेनमार्कस्थित एआरके रेकर्डिङ स्टुडियोमा गरिएको हो। स्टुडियोमा ध्वनि रेकर्डिङ तथा प्राविधिक व्यवस्थापनको जिम्मेवारी क्रिस्टियन डाल्सगार्डले सम्हालेका छन्। त्यसैगरी, गीतको संगीत उत्पादन नेपालको पोखरास्थित क्रेजी स्टुडियोमा गरिएको हो ।







