काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने रिताको घोषणा

काठमाडौँ । लोक तथा दोहोरी गीत प्रतिस्ठानकी अध्यक्ष रीता थापामगरले नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन् ।

धादिङ क्षेत्र नं. २ बाट खुल्ला महिला तर्फ सर्वाधिक मत प्राप्त गर्दै केन्द्रिय महाधिवेशन प्रतिनिधिमा चुनिएकी थापा मगरले खुल्ला महिला तर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएकी हुन् ।

दुई दशकभन्दा लामो समयदेखि नेपाली लोकदोहोरी क्षेत्रमा सक्रिय थापा मगर धेरै लोक दोहोरी गीत चर्चित छन् । उनले काँग्रेसको इतिहास, संघर्ष र आदर्शलाई आत्मसात् गर्दै अग्रजहरूले देखाएको बाटो पहिल्याएर युवापुस्ता, महिलाको सम्मानजनक सहभागिता, अवसर र नेतृत्वलाई अझ बलियो बनाउने संकल्प गरेकी छन् ।