विष्णु माझीले ल्याइन् फूल प्याउलीको

काठमाडौँ । गायिका विष्णु माझीको नयाँ लोकदोहोरी गीत ‘फूल प्याउलीको’ सार्वजनिक भएको छ । गीतमा गीतकार नवराज पन्तको शब्द र संगीत बसन्त थापाको छ । यो गीतमा वसन्तको पनि स्वर छ ।

‘डाडै फुर्के सल्लो’, ‘सालको पातको टपरी’ लगायतका गीतमा सहकार्य गरेका वसन्त र विष्णुले पुनः लामो अन्तरालपछि सहकार्य गरेका हुन् । गीतको भिडियो एसएस सिरिज युट्युबमा सार्वजनिक गरिएको हो ।

गीतमा नेपाली गाउँघरको संस्कृति, लाहुरे परिवेश, मौलिक जीवनशैली र मायाप्रेमको भावलाई प्रस्तुत गरिएको छ । भिडियोमा डान्सर तथा मोडल प्रदीप लामा र मोडल जुना विश्वकर्माको अभिनय छ ।

भिडियोको निर्देशन तथा कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन छ । गीतका निर्माता अर्जुन बोहरा हुन् ।