काठमाडौं । फिल्म ‘सिन्दुरे जात्रा’को गीत ‘बाँसैको सुप्लाखे’ सार्वजनिक भएको छ । प्रशान्त सिवाकोटी र मेलिना राईको स्वर रहेको गीतमा सुरज गैरे विवशको शब्द र प्रशान्तको संगीत छ । गीतमा प्रेम, लाज, इसारा, विश्वास र आश्वासन छ ।
भिडियोमा फिल्मका मुख्य कलाकारद्वय विजय बराल र अञ्जना बराइली छन् । फिल्ममा सरोज पौडेलको निर्देशन छ । फिल्ममा विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको पनि अभिनय छ ।
सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्ममा निर्देशक पौडेल स्वयंको कथा छ । सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता नेम महर्जन हुन् । सह–निर्माताका रूपमा राकेश खड्का र श्याम मगर छन् भने एसोसिएट निर्माता सुमन रञ्जित र लाइन निर्माता अनिश अधिकारी रहेका छन् ।
दिनेश खड्का कार्यकारी निर्माता रहेको फिल्मका पदमबहादुर श्रेष्ठ (बाबु) डीओपी, सुरेन्द्र पौडेल सम्पादक र विशाल घिमिरेको क्रिएटिभ निर्देशक रहेका छन् । आगामी मंसिर १८ गते रिलिज हुने फिल्मको वितरण नेसनल सिने ग्रुप नेपालले सम्हालेको छ ।







