नयाँवर्षमा पल र प्रदीपको उही तिम्रो

काठमाडौं । केपी फिल्म्स र पुरुषोत्तम फिल्म्सले पल शाह र प्रदीप खड्कालाई लिएर नयाँ फिल्म ‘उही तिम्रो’ को घोषणा गरिएको छ । कृषा चौलागाईं र विशाल चौलागाईंले बनाउन लागेको फिल्मको शुक्रबार पूजा गर्दै मुहूर्त गरिएको छ । यी दुई नायकको साथमा फिल्ममा सिम्रन पन्त देखिँदै छिन् भने जुना विश्वकर्माले यही फिल्म मार्फत डेब्यु गर्दै छिन् ।

मङ्सिर १ बाट म्याग्दीदेखि छायांकन सुरु हुने फिल्मको केही भाग काभ्रेको बनेपामा पनि खिचिनेछ । फिल्ममा लक्ष्मी गिरी, राजाराम पौडेल, लक्ष्मीनाथ तिमल्सिना, सुरज तमुलगायतको अभिनय रहने छ । फिल्मको कथा तथा संवाद अभिमन्यु निरविले लेखेका हुन ।

कृषा चौलागाईको निर्देशन रहने फिल्म पुरुषोत्तम प्रधानले खिच्ने छन् । विशाल चौलागाईंको निर्माण रहने फिल्मको फाइनान्स म्यानेजर सविन ढुङ्गाना रहने छन् भने प्रोडक्सन म्यानेजर रविन बख्रेल रहेका छन् ।

सुरेश अधिकारी, राजनराज सिवाकोटी र हर्क साउदको संगीत रहने फिल्ममा मुख्य सहायक निर्देशक वसन्त अधिकारी रहने छन् । आर आर फिल्म्सले वितरण गर्ने फिल्मका वितरक रोहित कट्टेल र रत्न श्रेष्ठ रहने छन् । फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ ।