पहिलो मायामा रोमान्टिक जलाकी जोडी

काठमाडौं । आगामी मंसिर ४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जलाकी’को रोमान्टिक गीत ‘पहिलो माया’ सार्वजनिक भएको छ । सरित रायनको संगीत रहेको गीतमा राम अबिरल बिष्टको शब्द तथा रोहित सोनार र मेलिना राईको स्वर छ ।

गीतमा फिल्मका मुख्य कलाकारहरु उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, राजु रेग्मी मगर, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बु र दीपिका मगर प्रस्तुत छन् । गीत प्रेमी र प्रेमिका बीचको गहिरो प्रेम र आकर्षणमा आधारित छ ।

‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित फिल्मको यसअघि फिल्ममा समावेश ‘चाँदी जलप’, ‘जाले रुमाल मायालाई’ र ‘कलेजीको छेउ’ बोलको गीत सार्वजनिक गरिएको थियो ।

फिल्ममा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गरेका छन् ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । फिल्म गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्नेछ ।