काठमाडौं । आउँदो तिहारका लागि तिहार गीत ‘भैलेनी देउसीरे’ सार्वजनिक भएको छ । नमस्ते वायरलेस र ब्लस हाउस को प्रस्तुतिमा तयार भएको उक्त गीतमा गायिका रेश्मा सुनुवारको स्वर रहेको छ । गीतका शब्द तथा संगीत पनि स्वयं रेश्मा सुनुवारकै रहेको छ ।
गीतको एरेन्ज तथा मिक्सिङ मास्टर पुष्कर सुनुवारले गरेका छन् भने मेलोडी नेपाल स्टुडियोमा गीत तयार गरिएको हो । भिडियोमा बिना राउत र तालिशा गुरुङको अभिनय रहेको छ ।
मेकअपमा सोनिका गजमेर, कोरियोग्राफीमा नितिन वाइबा, निर्देशनमा नीरेन श्रेष्ठ तथा कुबेर तामाङ र छायांकन तथा सम्पादनमा मोहन सुनुवार रहेका छन् । पोस्ट प्रोडक्सन मेलोडी नेपाल प्रोडक्सनले गरेको हो ।
आरएमडी टक्सको सहयोग रहेको गीत स्पोटिफाई, युट्युब म्युजिक, टिकटक, आइट्यून्स, सावन, अमेजन म्युजिक लगायत विभिन्न डिजिटल प्लेटफर्महरूमा उपलब्ध हुने गायिका सुनुवारले बताइन् ।






