हरिवंशबाट सुरु भयो चिरञ्जीवी भवःको डबिङ

काठमाडौं । फिल्म ‘परान’का निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’ निर्देशित फिल्म ‘चिरञ्जीवी भवः’ को डबिङ सुरु भएको छ । जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मका प्रमुख कलाकार हरिवंश आचार्यले आफ्नो भागको डबिङ गराउँदै डबिङको सुरुवात गरेका छन् ।

निर्देशक आचार्यका अनुसार सामाजिक विषयवस्तुमा आधारित फिल्मले दुई पुस्ताबीचको वैचारिक भिन्नता र उनीहरूबीचको सम्बन्धलाई मुख्य कथावस्तु बनाएको छ ।

फिल्ममा हरिवंश आचार्य, करिश्मा मानन्धर, आशीर्वाद क्षेत्री, मोडल एवं इन्फ्लुएन्सर प्रशंसा रायमाझी, कमलमणि नेपाल, हरिश निरौला, सुमन कार्की, मिश्री थापा, सरोज अर्याल, दीपकप्रसाद आचार्य, सुवर्ण थापा, गीता अधिकारी, अभयराज बराल, सुस्मिता कुँवर, उमेश बराल, रिस्ता बस्नेत, रुक्मिला अधिकारी, काजल कर्ण, सुरेश थापालगायत कलाकारको पनि अभिनय रहेको छ ।

फिल्मको बाल कलाकारमा यशदीप आचार्य, उस्ना बराल, दिल्लीराम आचार्य र विभूति गौतम छन् । फिल्ममा कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि निर्देशक आचार्यसँगै जोडिएका छन् । कुमार कट्टेलको कथा रहेको फिल्मको पटकथा तथा संवादमा सविन अधिकारी र वसन्त न्यौपा तयार पारेका हुन् ।

उमेशकुमार बराल र चिरन केसी निर्माता रहेको फिल्मका कार्यकारी निर्माता गजित विष्ट र शैलेश खत्री हुन् ।

फिल्मको छायांकन धनकुटा, सुनसरी र काठमाडौंमा गरिएको हो । यो फिल्म आगामी माघ १ गते रिलिज हुनेछ । फिल्मको वितरण रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले गर्नेछ ।