मुम्बई(एजेन्सी) । गत बुधबार नेपालतर्फ रहेको हिम पहिरोका कारण नेपालको भोटेकोसीमा अचानक आएको भीषण बाढीले ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ । कैयौं भारतीयहरु पनि यो बाढीबाट प्रभावित भएका छन् ।
यो बाढीबाट भारतीय अभिनेत्री मानसी पारेख बाल बाल बचेकी छन् । हाल कैलाश मानसरोवर यात्रामा रहेकी मानसीले आफू सुरक्षित रहेको जानकारी दिइसकेकी छन् । नेपाल र चीनको सीमानामा बाढी आएको समाचार सार्वजनिक भएपछि उनका फ्यानहरुले मानसीको अवस्थाबारे चिन्ता व्यक्त गरेका थिए ।
हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा मानसीले नेपालमा अचानक आएको बाढीबाट आफूहरुको टोली कसरी सुरक्षित रह्यो भन्ने कुरा बताएकी छन् । मानसीका अनुसार बाढी आएको दिन उनको टोली अध्यागमनको भवन हुँदै नौदाना जाने तयारीमा थिए ।
‘हामी त्यो भवनमा जाने तयारीमा थियौं । तर अहिले त्यो भवन छैन । हामी २४ घण्टा अघि नै बाँच्यौं । त्यहाँ पुगेको भए सबै सायद रहँदैन थियौं’, उनले भनेकी छन् ।
कामको कुरा गर्दा मानसी आगामी सेप्टेम्बर १० मा रिलिज हुने वेब सिरिज ‘चुम्बक’मा देखिँदैछिन् ।






