काठमाडौँ । फिल्म ‘कस्तुरी’को अन्तिम चरणको छायाङ्कन शुक्रबारबाट सुरु भएको छ । निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको फिल्मको बाकी छायाङ्कन सुरु भएको निर्माण टिमले जानकारी दिएको छ । फिल्मको ९० प्रतिशत छायाङ्कन सकिसकेको छ । प्रतिकुल परिस्थितिका कारण केही समय ढिला भएको फिल्मको काम अब भने चुस्त गतिमा अघि बढ्ने निर्माण टिमको दाबी छ ।
ऋत बोहोराले निर्देशन गरेको फिल्ममा वर्षा र निखिलसँगै शेखर चापागाईँ, निर्मल शर्मा, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बमजन, मिरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा, नेहा गौतमको अभिनय छ । फिल्ममा गौरव पहारी र हेना नगरकोटी केमियो भूमिकामा देखिँदैछन् ।
टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको फिल्मको पटकथा बोहोराले नै लेखेका हुन् । फिल्मको निर्माता धिरजकुमार अग्रवाल हुन् भने सह–निर्मातामा अञ्जली चौधरी छिन् । छायाकार आलोक शुक्ला हुन् भने सहायक निर्देशकमा ललित विष्ट छन् । सङ्गीत प्रशान्त सिवाकोटीको छ भने निर्माण व्यवस्थापन दिलीप पन्तले हेर्नेछन् ।







