मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वास्थ्यमा समस्या देखिन सक्छ सचेत रहनुहोस्। घरपरिवारमा आफ्नो कर्तव्यलाई सम्झेर कार्य गर्नुहोस् मन स्वच्छ रहनेछ। कार्यक्षेत्रमा अरुको करकापमा कुनै निर्णय नलिनुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
कार्यक्षेत्रमा पराक्रम वृद्धि हुनेछ साथै कार्यको प्रशंसा हुनेछ। सन्तानको प्रगति देखेर मन प्रसन्न रहनेछ। नोकरि वा पेशामा सहकर्मीहरूको साथ मिल्नेछ। व्यापार व्यवसायमा आयस्रोत बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
नोकरी वा पेशामा अधिकारी वर्गहरूसँग तालमेल बन्नेछ। कार्यक्षेत्रमा हजुरको रचनात्मक वा बौद्धिक कुशलताबाट लाभ मिल्नेछ। जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आर्थिक कारोबार सबल रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पैतृक सम्पत्तिलाई लिएर कानुनी समस्या सुल्झिनेछ। कार्यक्षेत्रमा पिताको सल्लाह लिनुहोला। आर्थिक कारोबारमा भविष्यलाई लिएर नयाँ योजना बन्नेछ। भौतिक सुख सुविधामा धन खर्च हुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समाजमा मान प्रतिष्ठामा कमी आउनेछ। कार्यक्षेत्रमा श्रमको अनुरूप फल नमिल्ला। वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। आर्थिक कारोबारमा सामान्य लाभ रहनेछ। कार्यक्षेत्रलाई लिएर यात्रा नगरौँ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
विद्यार्थीहरूलाई उच्च शिक्षामा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा वादविवादको स्थिति रहेको छ। कार्यक्षेत्रमा नयाँ अवसरहरू बन्नेछन्। नोकरी वा पेशामा अधिकारीहरूबाट प्रशंसा पाइनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रयत्न गर्दा रोकिएका काम प्रारम्भ हुनेछन्। लामो दूरीको यात्रा गर्दा स्वास्थ्यको ध्यान राख्नुहोला। आम्दानी बढ्नाले कार्यक्षेत्रमा उत्साह बढ्नेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्यक्षेत्रमा श्रमको उचित मूल्यांकन मिल्नेछ। शेयर बाजारबाट लाभ प्राप्त हुनेछ। नोकरी वा पेशामा लगनशीलताले अधिकारी वर्गहरूलाई प्रभावित पार्न सक्नुहुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सामाजिक कार्यक्रममा नेतृत्वको भूमिका निर्वहन गर्नुपर्ला। महत्वकांक्षी कार्यहरू योजनाबद्ध तरिकाले गर्नुहोस् सफलता मिल्नेछ। यात्रा सुखमय रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
कार्यक्षेत्रमा विशिष्ट व्यक्तिहरूको सहयोग मिल्नेछ। विद्यार्थी वर्गहरुलाई पठनपाठनमा मन लाग्नेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। कार्यक्षेत्रमा कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
व्यापार व्यवसायमा मनग्य लाभ आर्जन गर्न सकिनेछ। गुमाएको स्थान प्राप्त गर्नाले आफ्नो बर्चस्व बढ्नेछ। आँटेको कार्यसम्पादन गर्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।







