मलेसियामा फोर्थ रनरअप बनिन् प्राची

काठमाडौं । मलेसियामा भएको ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा नेपालकी प्राची तोमर फोर्थ रनरअप भएकी छन् । प्राचीलाई मलेसिया पठाउने संस्था हाउस अफ फेसन नेपालका अनुसार अन्तर्राष्ट्रिय पेजेन्टको मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै प्राचीले यो उपलब्धि हासिल गरेकी हुन् ।

प्रतियोगितामा प्राचीले ‘क्विन अफ एजुकेसन’ को विशेष सबटाइटलसमेत पोल्टामा पारिन् । प्रतियोगिताको क्रममा प्राचीले आत्मविश्वास, शालीनता, दृढता र उद्देश्यपूर्ण प्रस्तुतिमार्फत नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा नेपालका तर्फबाट सहभागिता जनाउँदै प्राचीले हासिल गरेको उपाधि नेपाली फेसन तथा पेजेन्ट क्षेत्रका लागि समेत महत्वपूर्ण अन्तर्राष्ट्रिय उपलब्धिका रूपमा हेरिएको छ ।