काठमाडौं। यही कार्तिक २६ गते रिलिज हुने फिल्म ‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक भएको छ । निर्माण कम्पनी सनराइज पिक्चर्सले फिल्मको गीत शुक्रबार युट्युबबाट रिलिज गरेको हो ।
गीतमा प्रमुख कलाकार अनमोल केसी, प्रिन्सी खतिवडा, भुवन केसी र गरिमा पन्तको अभिनय छ । निर्माण टिमले यसअघि प्रचार सामाग्रीमा गरिमालाई लुकाइरहँदा पहिलोपटक उनलाई बाहिर ल्याएको हो । हाल विदेशमा बसोबासरत गरिमाको यो कमव्याक फिल्म हो ।
सार्वजनिक गीतमा राम अविरल बिष्टको शब्दमा एसडी योगी र सानु सुनारको स्वर सुन्न सकिन्छ । संगीत संयोजनको काम पनि गायक रहेका योगीले नै गरेका छन् । गीतका नृत्य निर्देशक कविराज गहतराज हुन् ।
जिया केसी र भविष्य खड्का निर्माता रहेको फिल्ममा नेन्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, लक्ष्मी गिरी, दीपक केसी, रेअर राई, श्वेता मिश्र, सुजन भाई, सविन कट्टेल, सिद्धार्थ सिंह, अमितेश शाह, हीना नगरकोटी र संगी अधिकारी पोखरेलसमेत अभिनयमा छन् । विवेक थापा फिल्मका सह– निर्माता हुन् ।
कृष्ण भण्डारी सम्पादक रहेको फिल्म लेखनमा सामीप्यराज तिमल्सेनासँग सरिन पोखरेलले सहकार्य गरेका छन् । फिल्ममा पार्श्व संगीत रोमन बज्राचार्यको छ भने प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक छन् ।






