जलाकी ट्रेलरमा प्रेम र भावनात्मक उतारचढाव

काठमाडौं । निर्देशक अशोक थापा मगरको निर्देशन रहेको फिल्म ‘जलाकी’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार ललितपुरको लबिम मलमा सार्वजनिक ट्रेलरमा कलेज जीवनको प्रेमकथा र समयको परिवर्तनसँगै पात्रहरूको जीवनमा आउने भावनात्मक उतारचढावलाई प्रस्तुत गरिएको छ। ट्रेलर फिल्मका प्रमुख कलाकारद्वय उपासना सिंह ठकुरी र अभिनेता सोनाम तोप्देनको वरपर घुमेको छ ।

यसअघि फिल्मका ‘कलेजीको छेऊ’, ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ गीत र एक टिजर सार्वजनिक भइसकेको छ । ‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई जनाउने शब्द हो ।

फिल्ममा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गरेका छन् ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।

फिल्म गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्नेछ ।