सारथीको मयालीमा गिरी र गायत्री

काठमाडौं । आगामी मंसिर ११ गते रिलिज हुने फिल्म ‘‘सारथी’ को गीत ‘मयाली’ सार्वजनिक भएको छ । म्युजिक नेपालको युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गीतमा प्रशान्त शिवाकोटी र रचना रिमालको स्वर रहेको छ । प्रशान्तकै शब्द र संगीत रहेको गीत प्रेम कथामा आधारित छ ।

कविराज गहतराजले निर्देशन गरेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार गिरी विश्वकर्मा र गायत्री जोशीको अभिनय छ । गीतमा गोपाल रायाको छायांकन छ ।

गीतको बाँसुरीमा रत्न बिक, सारंगीमा मनीष गन्धर्व, मादलमा पोषण मगर र गितार पुरुस्कार खड्काको छ । गीतको संगीत उत्पादन विशम आचार्यले गरेका हुन् मिक्सिङ तथा मास्टरिङ समिक (साउन्ड को मुम्बइ) ले गरेका छन् ।

कुमार गजुरेलको निर्देशन रहेको फिल्ममा कुमारकै कथा, पटकथा तथा संवाद छ । फिल्ममा निरुता सिंह, उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरि विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल, धिरेन कार्की लगायत कलाकारले अभिनय गरेका छन् ।

किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको फिल्मको सम्पूर्ण छायांकन म्याग्दीको गुर्जा क्षेत्रमा गरिएको हो । फिल्मका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन् ।

रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ छन् । फिल्ममा अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह(निर्माता तथा अमिर केसी लाइन प्रोड्युसर हुन् ।

संकल्प भुजेलको छायांकन रहेको फिल्ममा तारा थापा ‘किम्भे’को सम्पादन, राजु खतिवडाको मुख्य सहायक निर्देशन तथा यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशकनमा बनेको छ । बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको सिनेमा आरआर फिल्म्सले वितरण गर्नेछ ।