काठमाडौं । फिल्म ‘द प्रोफेसनल गाइज’ का प्रमुख पाँच कलाकारको नाम निर्माण पक्षले सार्वजनिक गरेको छ । जेकेएस इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण भइरहेको फिल्मका निर्देशकलाई निर्माण पक्षले केही समयअघि सार्वजनिक गरेको थियो ।
फिल्ममा अमन श्रेष्ठ, बासना तिमिल्सिना, शिशिर शिवाकोटी, जीवन बस्नेत र प्रवेश महतारा क्षेत्री मुख्य भूमिकामा देखिनेछन्। उनीहरुबाहेक गोविन्द सुनार, भारत बारबरिक, सुरज पराजुली, रश्मि उप्रेती, सुशान्त डंगोल, विजय रोय, अबिन ठटाल, आशिष सौदागर, झान कुमार श्रेष्ठ, बिपन कार्की, मुन्ना शाह र राजु नन्दीलगायत कलाकारको अभिनय रहनेछ। बाल कलाकारतर्फ रागन मानन्धर, एन्जेल मानन्धर, सृजन श्रेष्ठ, सिमरन श्रेष्ठ तथा अभिलाषा मानन्धर रहेका छन् ।
फिल्मको टिमले कलाकारका रोचक भिडियो सार्वजनिक गर्दै अनुबन्धबारे जानकारी गराइरहेको छ। यसैक्रममा पहिलो भिडियो अभिनेता अमन श्रेष्ठको सार्वजनिक गरिएको छ। अन्य कलाकारका भिडियो पनि हरेक दिन सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ। यसअघि फिल्मको शीर्षक घोषणा तथा ‘म्याड’ को सिर्जनात्मक यात्रासम्बन्धी सामग्रीसमेत निर्माण टिमले फरक र रोचक शैलीमा सार्वजनिक गरेको थियो।
फिल्ममा अस्मिता अधिकारी, बिराज गौतम तथा बियोन्डको स्वरमा रहेका गीत सुन्न पाइनेछ। फिल्मको शीर्ष र्याप गीत बियोन्ड तथा केरु अन फ्लिकले प्रस्तुत गर्नेछन्। ब्याकग्राउन्ड म्युजिक नेस स्टुडियो अन्तर्गत ब्रिजेश श्रेष्ठ र बियोन्डले तयार गर्नेछन्।
फिल्मका गीतका भिडियोमा राहुल शाहले कोरियोग्राफी गर्नेछन्। डार्विन श्रेष्ठ छायांकन निर्देशक रहेका छन् भने सिनेमाटोग्राफीमा डार्विन श्रेष्ठ, सुबन गुरुङ, विजय रोय तथा अमृत चौहान रहनेछन्। फिल्मको सम्पादन तथा कलरिङ अनन्त घिमिरेले गर्नेछन् भने भिएफएक्स तथा एनिमेसनको जिम्मेवारी डार्विन श्रेष्ठले सम्हाल्नेछन् ।







