तिहारलाई हेमराज र अञ्जुको तिहारै झिलिलि

काठमाडौं । तिहारको सांस्कृतिक रौनकसँगै नेपाली मौलिक भैली तथा देउसी परम्परालाई सांगीतिक माध्यमबाट नयाँ पुस्तामाझ पुर्‍याउने उद्देश्यले तयार पारिएको गीत ‘तिहारै झिलिलि’ सार्वजनिक भएको छ । हेमराज डाँगी र अञ्जु विश्वकर्माको स्वर, अनिल खनालको शब्द र हेमराजकै संगीत रहेको गीतको भिडियोका निर्देशक दिनेश सिंह ठकुरी हुन् ।

गीतमा तिहारमा घरघर पुगेर भैली खेल्ने, देउसी गाउने र सांस्कृतिक प्रस्तुतिमार्फत शुभकामना साटासाट गर्ने नेपाली परम्परालाई समेट्ने प्रयास गरिएको छ ।

गीतको भिडियोमा लोकेश बिसी, प्रीति गुरुङ, अस्मिता बुढा मगर, पुष्प सेन्चुरी, आशिष ओली, बाद शाह, सुस्मिता खत्री, नारद बिसी, जुनु रिमाल, नगेन्द्र चौलागाईं लगायतको नृत्य र अभिनय छ ।

भिडियोमा परम्परागत भैलीको वातावरण, चाडपर्वको उल्लास र नेपाली मौलिक पहिरन तथा सांस्कृतिक प्रस्तुति सहितको भिडियोका छायांकन सरोज ठकुरी, सम्पादन राजेश कुमार, सहायक निर्देशन सुवास गौतमको रहेको छ ।