हजुरबाले भनेथे घोषणाः को बन्ला नीर शाहको नाति

काठमाडौँ । लक्ष्मी पूजाको अवसर पारेर फिल्म ‘हजुरबाले भनेथे’ घोषणा गरिएको छ । नीर शाहको मुख्य भूमिका रहने फिल्ममा सुरेश न्यौपानेको निर्देशन हुनेछ । सान्भी इन्टर्टेन्मेन्टले निर्माण गर्न लागेको फिल्मका लागि शोभित बस्नेतले अभिनेता शाहलाई भेटेर मुख्य भूमिकाका लागि फाइनल गरेका हुन् ।

ए टु जेड क्लीनिङ सप्लाएर्स सिड्नीको तर्फबाट कृष्ण थापा, बन्धु राज वाग्ले, रोमिन पिया, समीर शाहीको प्रस्तुति रहने फिल्मका निर्माता निरोज श्रेष्ठ हुन् । कार्यकारी निर्माता नवीन घायल रहने फिल्मको सह निर्माता हिमाल भण्डारी रहने छन् ।

जसमा निर शाह हजुरबा बन्दै गर्दा नातिको बन्ने भन्ने टुङ्गो लागेको छैन । फिल्ममा दुई नायक र दुई नायिका रहने छन् ।

माघ महिनामा फ्लोरमा जाने फिल्मको छायांकन अस्ट्रेलियामा ६० र जुम्लामा ४० प्रतिशत हुनेछ ।