आज–०१ कार्तिक २०८३ आइतबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
​नयाँ योजनामा काम सुरु गर्दा सफलता हात लाग्नेछ। सेयर कारोबारमा सावधानी अपनाउनु बुद्धिमानी हुनेछ। परिवारका सदस्यसँग रमाइलो समय बिताउने मौका मिल्नेछ। स्वास्थ्यमा आएको सुधारले उत्साह थप्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ९ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
​कागजी काममा सामान्यतया राम्रो साथ पाईएला। व्यापारमा राम्रो बिक्री हुनेछ। आत्मीय व्यक्तिबाट स्नेह पाइनेछ। साँझतिर मनमा उमंग छाउनेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक २ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
​बौद्धिक क्षेत्रमा गरिएको प्रयासले प्रशंसा पाइनेछ। साथीभाइको सहयोगले रोकिएका काम बन्नेछन्। खानपामा ध्यान नदिए स्वास्थ्य समस्या देखिन सक्छ। यात्रा गर्दा सावधानी अपनाउनु आवश्यक छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
​घर परिवारमा शान्ति र सद्भाव कायम रहनेछ। नयाँ सम्पत्ति वा वस्तु खरिदको योग रहेको छ। मनमा सकारात्मक विचारले ऊर्जा थप्नेछ। विद्या तथा कला क्षेत्रमा रुचि बढ्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
​कार्यक्षेत्रमा तपाईंको कार्यशैलीको प्रशंसा हुनेछ। रोकिएका कामहरूले पूर्णता पाउनेछन्। आत्मविश्वास बढ्नाले ठूला निर्णय लिन सहज हुनेछ। प्रेम जीवनमा मिठास छाउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
​सहकर्मीहरूको सहयोगले कठिन कामहरू पनि सहज बन्नेछन्। स्वास्थ्य पक्ष सबल रहनेछ। अध्ययन अध्यापनमा प्रगति हुनेछ। मनमा धेरै कुराकानी खेल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
​सामाजिक कार्यमा सहभागिता बढ्नेछ। दाम्पत्य जीवनमा मधुरता छाउनेछ। नयाँ अवसरले मन प्रसन्न रहनेछ। खानपानमा सतर्कता अपनाउनु होला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
​गुप्त शत्रुहरू सक्रिय भए पनि परास्त हुनेछन्। लगानीका क्षेत्रबाट राम्रो मुनाफा मिल्नेछ। पारिवारिक सम्बन्धमा प्रगाढता आउनेछ। मानसिक शान्ति प्राप्त हुनेछ। आजको शुभ रंग सिन्दूरी हो भने शुभ अंक ८ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
​भाग्यले साथ दिँदा सोचेका कामहरू बन्नेछन्। धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। विद्यार्थीहरूका लागि समय अनुकूल रहेको छ। आफन्तसँगको भेटघाटले मन खुसी हुनेछ। आजको शुभ रंग पहेँलो हो भने शुभ अंक ३ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
​मेहनतको उचित कदर हुनेछ। व्यापारिक यात्रा सफल र लाभदायक रहनेछ। स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुन सक्छ। पुराना विवादहरूबाट छुटकारा मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
​नयाँ साथीहरूसँगको भेटले मन प्रफुल्लित हुनेछ। सृजनात्मक कार्यमा सफलता मिल्नेछ। आर्थिक स्थितिमा सुधार आउनेछ। परिवारको सहयोगले आँटेको काम पूरा हुनेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ५ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
​मनमा सकारात्मक सोच र उत्साह भरिनेछ। वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा सफलता मिल्नेछ। आफन्तबाट विशेष सहयोग प्राप्त हुनेछ। शारीरिक थकान कम भएर स्फूर्ति बढ्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।