काठमाडौं । आगामी मंसिर ११ गते रिलिज हुने फिल्म ‘सारथी’को अफिसियल पोस्टर सार्वजनिक भएको छ। कुमार गजुरेलको लेखन तथा निर्देशन रहेको फिल्मको पोस्टर निर्माण पक्षले शुक्रबार सार्वजनिक गरेको हो ।
पोस्टरमा म्याग्दीको गुर्जा क्षेत्रको हिमाली परिवेश, प्राकृतिक सौन्दर्य र फिल्मका मुख्य पात्रहरूलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ। फिल्ममार्फत गिरि विश्वकर्मा र गायत्री जोशी नव नायक तथा नव नायिकाका रूपमा दर्शकमाझ आउँदैछन् । फिल्ममा निरुता सिंह र उत्तम प्रधानको पनि अभिनय छ। यो जोडी करिब दुई दशकपछि दर्शकमाझ सँगै देखिन लागेको हो ।
फिल्ममा निरुता सिंह, उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरि विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, अनिता कुइँकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायत कलाकारहरूको अभिनय रहेको छ।
तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको फिल्म किम्भे प्रोडक्सनको निर्माण तथा धिरज इन्फिनिटी फिल्म्सको सहकार्यमा तयार भएको हो। फिल्मका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन्। कार्यकारी निर्मातामा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ रहेका छन् भने सह–निर्मातामा अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा रहेका छन्। फिल्मको लाइन प्रोड्युसर अमिर केसी हुन् ।
फिल्ममा संकल्प भुजेलको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन, राजु खतिवडाको मुख्य सहायक निर्देशन, बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत र कविराज गहतराजको नृत्इ छ । फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ।







