काठमाडौं । हिमालयन मुभिज प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुने फिल्म ‘युग’ को वर्कसप धमाधम चलिरहेको छ। वर्कसप पुरा भएलगत्तै फिल्मको छायांकन भदौको दोस्रो सातादेखि सुरु गरिने निर्देशक कोमलनाथ खतिवडाले बताए ।
फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक खतिवडाकै रहेको छ। फिल्म सुरेश तुमाहाम्फे र टेमनबहादुर आलेले लगानीमा बन्नेछ ।
सामाजिक विषयवस्तुमा आधारित फिल्ममा सरोज खनाल, दिक्पाल कार्की, गीता अधिकारी, तारा केसी, सुरवीर पण्डित, टिना आले मगर, सानु थापा मगर, ज्योतिका राना, सुमन थापा, लगायत थुप्रै कलाकारहरूको अभिनय रहनेछ ।
फिल्ममार्फत फेसन कोरियोग्राफर हिमानी सुब्बाले नेपाली रजतपटमा डेब्यु गर्दैछिन् । साथै मोडल तथा मिस्टर हेन्डसम नेपाल २०१९ का विजेता अभिषेक खड्काले पनि यही फिल्मबाट आफ्नो अभिनय यात्रा सुरु गर्दैछन् ।






