काठमाडौं । फिल्म ‘द राइज अफ साम्राज्य’मा अभिनेत्री अञ्जना बराइली अनुबन्ध भएकी छन् । निर्देशक सौरभ चौधरीको यो फिल्ममा सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन र विजय बरालपछि अञ्जनाको प्रवेश भएको हो ।
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको पिःल्मको कथा र पटकथा उपन्यासकार बुद्धिसागरले लेखेका छन् । निर्देशक चौधरीका अनुसार फिल्म एपिक एक्सन ड्रामामा बन्नेछ ।
फिल्मको छायांकन आगामी साताबाट सुरु हुनेछ । निर्माण टिमले ७० दिनको छायांकन तालिका तयार पारेको छ, जसको अधिकांश हिस्सा पूर्वी नेपालमा खिचिनेछ ।
फिल्मको निर्मातामा प्रवेश चौधरी र निला देव रहेका छन् । को–प्रोडुसरमा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डे छन् ।
मानकृष्ण महर्जनको डीओपी रहने यो फिल्मको एक्सन डिरेक्टरमा श्री श्रेष्ठ छन् । डिजिटल पाटर्नरमा ओएसआर डिजिटल रहेको छ भने पब्लिसिटी पार्टनरमा टौवा स्टुडियो छ । यो चलचित्रको वितरकमा डिसीएन रहेको छ ।






