पार्वतीको पब्लिक प्रिमियरमा दर्शकको रुवाबासी

चितवन । भदौ १२ गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को चितवनस्थित म्याङ्गो जनज्योति हलमा ‘पब्लिक प्रिमियर’ गरिएको छ। मंगलबार भएको प्रिमियरमा फिल्मका कलाकार नीता ढुङ्गाना र अशोक दर्जी क्यारेक्टर लुक्समै उपस्थित भएका थिए। फिल्म हेरेका दर्शकमा आँसु देखिन्थेँ। अधिकांशले आफ्नै घर भित्रको कथा भन्दै सकारात्मक प्रतिक्रिया दिए।

फिल्म अटिजम भएकी महिला पात्र र उनका भाइबीचको आत्मीयता, प्रेम तथा सामाजसँगको संघर्षलाई मुख्य विषयवस्तु हो। यस फिल्मको प्रिमियरमा उपस्थित सर्वसाधारण दर्शकबाट निर्माण टिमले सकरात्मक प्रतिक्रिया पाएको छ। दिदीलाई घर तथा समाजले गरेको हेलाका बीच पनि भाइले दिदीप्रति देखाएको माया र समर्पणको कथाले दर्शकको मन छोएको निर्दैशक तथा कथाकार नीताले बताईन।

प्रिमियरपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्देशक तथा अभिनेत्री नीता ढुङ्गानाले आफ्नो निर्देशन र फिल्मलाई दर्शकले मन पराइदिएकामा खुसी व्यक्त गरिन्।

निर्देशक नीताको कथा हरिहर अधिकारी निर्माण रहेको यस फिल्ममा नीता र अशोकका साथै दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पङ्गेनी शर्मा, राजेन्द्र नेपाली, र आशा पौडेललगायतका कलाकारहरूको अभिनय रहेको छ।