ज्योतिर्मयी बनिन् १६ औं इण्डियन आइडल

मुम्बई(एजेन्सी) । भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल’ सिजन १६ को उपाधि ज्योतिर्मयी नायकले जितेकी छन् । ग्रान्ड फिनालेमा उनले ट्रफीसँगै सोनी इन्टरटेनमेन्ट टेलिभिजनको तर्फबाट २० लाख रुपैंयाँ नगद पनि प्राप्त गरिन् ।

यसपटकको फिनालेमा ज्योतिर्मयीसँगै मनराज वीर सिंह र तनिष्क शुक्ला पुगेका थिए । जहाँ तनिष्क फस्ट र मनराज सेकेण्ड रनरअप भए । दुवैले जनही ३ लाख रुपैंयाँ पाए ।

फिनालेको निर्णायकमा बादशाह, कुमार सानू र श्रेया घोषाल थिए । जबकी अर्का निर्णायक विशाल ददलानी भिडियो कलमार्फत जोडिएका थिए । शोमा शहनाज गिल विशेष अतिथीका रुपमा पुगेकी थिइन् ।

‘यादों कि प्लेलिष्ट’ थिमवाला यो सिजन अक्टुबर २०२५ बाट सुरु भएको थियो र २६ जुलाई २०२६मा अन्त्य भएको हो ।