वसन्तले ल्याए जुम्लेली हुम्लेली

काठमाडौँ । गायक तथा संगीतकार वसन्त थापा मगरको स्वर रहेको गीत ‘जुम्लेली हुम्लेली’ सार्वजनिक गरिएको छ । थापाकै शब्द तथा संगीत समेत रहेको गीतले गाउँको सरल जीवनशैली र काठमाडौँ सहर प्रतिको आकर्षणलाई तुलना गरेको छ ।

गीतको भिडियोमा मोडल आशिष श्रेष्ठ, रश्मिला तामाङ, शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’, पोस्ना श्रेष्ठ केही कोरस समेत प्रयोग गरिएको छ । पर्यटक र गाउले युवती बिचको प्रेम समेटिएको भिडियो समन अधिकारीको निर्देशन गरेका हुन् ।

भिडियोले आधुनिक प्रविधिको गाउँसम्मको पहुँच र त्यसले जोडेको सम्बन्धलाई देखाउन खोजिएको छ । भिडियोमा कलाकार र केही कोरस डान्सर पनि प्रयोग गरिएको छ । भिडियोका छायांकन ऋतिक सिंह ठकुरीले गरेका हुन् भने सम्पादन सौखिन तिमिल्सिनाको रहेको छ ।

ग्रामीण पर्यटन र लोकसंस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको गति तथा भिडियोले दर्शकको मन जित्ने आस गायक थापाको छ ।