काठमाडौं । लामो समयदेखि अमेरिकामा रहँदै आएकी गायिका नीशा सुनारले नेपाल आएको समयमा ‘झ्याप छौं कि साइँला दाई’ बोलको गीत सार्वजनिक गरेकी छन् ।
रमाइलो शैली यो गीतमा खेम सेन्चुरी र नीशा सुनारको स्वर छ । गीतमा रमेश वीजीको शब्द, खेम सेन्चुरीकै संगीत छ । गीतको भिडियोमा सुनिल वीकेको निर्देशन छ । गीतको भिडियोमा नाजिर हुसेन र उषा उप्रेतीको अभिनय छ ।
अनिल के मानन्धरको छायांकन रहेको यो भिडियोमा प्रविण भट्टको सम्पादन, राजेन्द्र मोक्तानको कलर, रोशन विश्वकर्माको कोरियोग्राफी छ ।






