तीजलाई राधिकाको जिन्दगी मालामालै छ

काठमाडौं । गायिका राधिका हमालको नयाँ नेपाली तीज गीत ‘जिन्दगी मालामालै छ’ सार्वजनिक गरेकी छिन् । हमालको शब्द तथा संगीत रहेको गीतमा कविता न्यौपाने, सफल पुन मगर (शाकिरा) र उषा सुवेदीको अभिनय रहेको छ।

गीत र भिडियो राधिका हमालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। गीतमा मौलिक तीज सिर्जनालाई प्राथमिकता दिएको छ।

भिडियोमा स्मृति तिमिल्सिना ‘गुरुआमा’को कोरियोग्राफी र निर्देशन, दुर्गा पौडेलको छायांकन, नविन घर्ती मगरको सम्पादन छ ।