चंगुललाई सेन्सरको युनिभर्सल सर्टिफिकेट

काठमाडौं । असोज १६ बाट प्रदर्शनमा आउने फिल्म ‘चंगुल’ले सेन्सर बोर्ड बाट यूनिभर्सल सर्टिफिकेट पाएको छ । यो सर्टिफिकेट पाएसँगै फिल्म हेर्न कुनै पनि उमेर समुहलाई रोकतोक हुने छैन ।

गतबर्ष भएको जेनजी आन्दोलन लगायतका समसामयिक बिषयमा तयार फिल्मले राजनितिक कथा संगै हरेक घरको अवस्थालाइ पर्दामा उतारेको छ । मालती कार्कीको निर्माण एवं राम गौतमको निर्देशनमा तयार फिल्ममा रबि कार्की, लय संग्रौला, लक्ष्मिनाथ तिमल्सिना,

राकेशकुमार राई, आशा बिश्वकर्मा, स्वस्तीका लामिछाने, कृष्ण रसाल, रोहित ढुंगानालगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा बाल कलाकार रिम्शा कार्कीको पनि अभिनय रहेको छ ।

फिल्मका गीतमा बिपिन आचार्य, नन्दनी अधिकारी तथा बिक्रम कार्कीको संगीत रहेको छ भने देब महर्जनको द्वन्द्व, दिपेन बस्न्यातको छायाङ्कन सम्पादन रहेको छ ।