काठमाडौं । गायक, संगीतकार, गीतकार तथा वीर अस्पतालका कन्सल्टेन्ट सिनियर फिजिसियन डा. रणजितकुमार झाको नयाँ प्रेमिल गीत न गाँस्थे म प्रित’को म्युजिक भिडियो सार्वजनिक भएको छ। राजधानीको न्यूरोडस्थित रञ्जना हलमा आयोजित कार्यक्रममा अभिनेता, गायक, संगीतकार तथा गीतकार मदनकृष्ण श्रेष्ठको उपस्थितिमा डा. झाको स्वर, शब्द र संगीतमा तयार भएको गीत तथा त्यसको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।
म्युजिक भिडियोमा प्रेम, आकर्षण र भावनात्मक सम्बन्धलाई प्रस्तुत गरिएको छ। गीत गायक डा. झाको ‘जीवन पथ २’ एल्बममा समावेश गीत हो। गीतको एरेन्ज पविधन खालिङले गरेका छन् भने किशोर थापाले मिक्सिङ तथा मास्टरिङ गरेका छन्।
म्युजिक भिडियोमा सोहल्या झा र सुरेश कोहलीको अभिनय छ । भिडियोमा भिडियामा निर्देशन, कथा लेखन तथा कोरियोग्राफी कबिराज गहतराजको छ। रामशरण उप्रेतीको छायांकन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन, कलर र भीएफएक्स रहेको छ। सरोज पाण्डेले मेकअप गरेका छन् भने सुर्य ओलीको प्रोडक्सन गरेका हुन्।
कार्यक्रममा डा. झाले चिकित्सा पेसासँगै संगीतप्रतिको आफ्नो रुचिलाई निरन्तरता दिँदै आएको बताए। भिडियो गायक झाकै युट्युब च्यानलका साथमा विभिन्न डिजिटल तथा म्युजिक स्ट्रिमिङ प्लेटफर्ममार्फत समेत उपलब्ध छ ।





