असोज २ मा माया बस्छ कि क्या हो !

काठमाडौं । प्रेमकथानक फिल्म ‘माया बस्छ कि क्या हो !’ को दुई नयाँ पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । राजु अधिकारी निर्देशित फिल्म असोज २ गतेबाट प्रदर्शन हुने पक्का भएको हो ।

नवनायक सोनाल तामाङ र नवनायिका कस्मता निरौलालाई प्रस्तुत गरिएको पोस्टरमा युवा प्रेम जोडीको प्रेम सम्बन्ध र समर्पणको भाव झल्किएको छ । शरद अधिकारीको प्रस्तुति रहेको फिल्मको निर्माता बहादुर सिंह तामाङ हुन् ।

आरती अधिकारी आचार्यको कथा र मौनता श्रेष्ठको पटकथा,संवाद अनि रामप्रसाद चौधरीको सम्पादन रहेको फिल्म रबिन्द्र बरालले खिचेका हुन् । अर्जुन पोखरेलको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्म बेल्जियम, स्वीजरल्याण्ड, नेदरल्याण्डलगायतका युरोपीयन देशहरुमा खिचिएको हो ।

फिल्ममा सोनाल र कस्मताका साथमा नरेन्द्र थापा, उपेन्द्र थापा, बेनी ढुंगाना, सब्बु पौडेल, हरिकृष्ण कार्की र तेजेन्द्र कँडेलको अभिनय छ ।
अधिकारीले यसअघि ‘ब्ल्याकमेल’ र ‘डेस्टिनेशन काठमाडौ’ लगायतका फिल्म निर्माण गरेका थिए । जनपुकार मिडिया हाउसको ब्यानरमा निर्मित फिल्मको बितरण नेशनल सिने ग्रुपले गर्दैछ ।