यस्तो छ नेपाल म्युजिक एण्ड फेसन अवार्डको मनोनयन

काठमाडौं । ‘छैटौँ नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२६’ को विभिन्न विधामा मनोनयन सार्वजनिक गरिएको छ । एसबी क्रिएसन प्रालि र स्टार वान इन्टरटेनमेन्टको संयुक्त आयोजनामा यो अवार्ड यही भदौ १८ गते चलचित्र विकास बोर्डमा हुने भएको छ ।

अवार्डमा विगत झैँ यस पटक पनि म्युजिकसँगै फेशन, मोडलिङका विभिन्न विधामा प्रदान गरिने भएको छ । एसबी क्रिएसनकी अध्यक्ष सरिता भारतीका अनुसार मनोनयनमा परेका विधाहरूलाई निर्णायकको निर्णय र भोटको आधारमा अवार्ड प्रदान गरिने छ । पछिल्लो डेढ वर्ष यता रिलिज भएका गीत संगीतलाई यो अवार्डमा समावेश गरिएको अवार्डकी प्रबन्ध निर्देशक सरिता भारतीले जानकारी गराएकी छिन् ।

यस पटक संगीत र मोडलिङ तर्फ गीतकार, गायक, गायिका, संगीतकार, म्युजिक भिडियो निर्देशक, छायांकार, मोडलहरूबिच विभिन्न विधामा प्रतिस्पर्धा हुने भएकोछ । आयोजक एवम् स्टार वान इन्टरटेनमेन्टका कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलका अनुसार यस पटक विभिन्न १० वटा विधामा म्युजिक तथा मोडलिङ तर्फ प्रतिस्पर्धा हुँदै छ । जसमा आधुनिक, पप, लोक दोहोरी, चलचित्र, पर्व गीतहरू रहेका छन् । यी गीतहरूको मनोनयन सूची सार्वजनिक गरिएको पनि पोखरेलले बताए ।

यस्तो छ मनोनयन
उत्कृष्ट आधुनिक गीत गायन
किन रुनु हुन्न – प्रमोद खरेल
फुलै फुलको – हर्कुलेस बस्नेत
छुँदिन भन्दा भन्दै – श्रद्धा दियाली
ताते गर्दै – निता आचार्य
तिम्रो आँखाको – सोनी राजभण्डारी

उत्कृष्ट पप÷आधुनिक गीत संगीतकार
गाजलु आँखैले – आषिश पौडेल
तिम्रो साथ – ओम सुनार
म हुँ सृष्टिको – साज सिंह
रंग चढेर हैन – दीपक शर्मा
अदृष्य – दृष्य क्षत्री

उत्कृष्ट आधुनिक÷पप गीत गीतकार
म हुँ सृष्टिको – मनु रोहरुङ राई
किन रुनु हुन्न मर्दले – राम शर्मा
आमाको तृष्णा – डम्बर याक्सो
तिम्रो आँखाको गहिराई – अनिल शाही
भोगाई – कमल शर्मा आचार्य

उत्कृष्ट पप गायन
अदृष्य – दृष्य क्षत्री
गाजलु आँखैले – आशिष पौडेल
फेरी आज किन – प्रज्वल सुजाकु
सोह्र वर्षे जोबन – बबिना किराती
फर्की आऊ प्रिय – दीपा महर्जन

उत्कृष्ट चलचित्र गीत गायन
न्याउली बनैमा (वरिष्ठ बलराम) – शान्ति श्री परियार
डोको बुन्ने (कुमारी) – केहर सिंह लिम्बु
फकाउँछ काफ्ले (उनको स्विटर) – झुमा लिम्बु
हुम्लाको लिमी (राम नाम सत्य) – एसडी योगी
बेला बितेसी (हरिबहादुरको जुत्ता) – प्रकाश सपुत

उत्कृष्ट पर्व गीत
बुझेँ मैले क देखि (तीज) – राधा हमाल बानियाँ
ठन्डा ठन्डा पानी (फागु गीत) – ओम सुनार
आउन पाइन माइत (तीज गीत) – रेखा पोखरेल
घन्काइदेऊ मादलु (तीज गीत) – लक्ष्मी पुरी प्रधान

लोक दोहोरी गायन
युके लान्छु रेलिमाई – सचिन भट्टराई
निरमसी – चिज गुरुङ
बीर गोरखाली लाहुरेको तक्कमा – शीतल गुरुङ
एक काँधे गोरु – सनिला गुरुङ
नौली हदेली – लक्ष्मी आचार्य

उत्कृष्ट म्युजिक भिडियो मोडल
१६ वर्षे जोबन – तेन्जु योञ्जन
चक्मा – मेनुका माझी
राजन बुढाथोकी – काली तरेर आउँछु
औधी मन पराएँ – प्रज्वल राज भट्ट
फर्की आऊ तिमी– प्रेमहाँ महर्जन÷सजना महर्जन
प्रवण भुसाल – सधैँ तिमी

उत्कृष्ट म्युजिक भिडियो छायांकन
हाँसेर बोलिदेऊ – उमेश बहादुर शाह
फर्की आऊ प्रिय – रकी महर्जन
बुझेँ मैले क – ओम प्रसाईँ
म हुँ सृष्टिको – सौरभ लामा
भागौँला त्रिसुली तरेर – विजय लामा

उत्कृष्ट म्युजिक भिडियो निर्देशक
भागौँला त्रिसुली तरेर – दीप गुरुङ
म हुँ सृष्टिको – गोविन्द राई
फेरी आज किन – नव ढुंगेल
बुझेँ मैले क – सम्झना बुढाथोकी
फर्की आऊ प्रिय – योवन शाक्य