सारथी पोस्टरमा निरुताको मातृत्व भाव

काठमाडौं । फिल्म ‘सारथी’ आगामी मंसिर ११ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले शुक्रबार फिल्मकी प्रमुख कलाकार निरुता सिंहलाई सोलो रुपमा प्रस्तुत गरेको फिल्मको फस्टलुक सार्वजनिक गर्दै रिलिज मिति पनि घोषणा गरेको हो । फिल्ममा कुमार गजुरेलको निर्देशन छ ।

पोस्टरमा अभिनेत्री निरुताको काखमा दुधे बालक लिएर गम्भिर मुद्रामा खुट्टाको पैतलाबाट रगत चुहिँदै गरेको अवस्थामा देखिएकी छन् । किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको फिल्ममा तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता छन् । म्याग्दीको गुर्जा क्षेत्रमा यो फिल्मको सम्पूर्ण छायांकन गरिएको हो ।

फिल्ममा निरुतासहित उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल, धिरेन कार्कीको अभिनय रहेको छ ।

रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको फिल्ममा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माता तथा अमीर केसी लाइन प्रोड्युसर हुन् । छायांकन संकल्प भुजेलले गरेका हुन् । राजु खतिवडा मुख्य सहायक निर्देशन रहेको फिल्ममा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत, बाबुल, प्रशान्त र रचना रिमालको स्वर तथा आर्ट डिरेक्टर श्याम कार्की र ड्रेस कोर्डिनेटरमा गोविन्द खड्का छन् । फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ ।