सिनेमा आर्टको फिल्ममा अनमोल र जसिता

काठमाडौं । सिनेमा आर्टले नयाँ फिल्म निर्माणको तयारी थालेको छ। सिनेमा आर्टले नयाँ फिल्मको निर्देशनका लागि निर्देशक सुयोग गुरुङलाई अनुबन्ध गरेको छ। फिल्मका निर्माता रौनक विक्रम कडेलका अनुसार गुरुङसँग फिल्म निर्देशनका लागि सम्झौता भइसकेको हो।

फिल्मको मुख्य भूमिकामा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङ पनि अनुबन्ध भएका छन्। सिनेमा आर्टले बिहीबार निर्देशक सुयोग गुरुङ, अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङसँग औपचारिक रूपमा सम्झौता गरेको हो।

फिल्मको शीर्षक भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। निर्माता कडेलका अनुसार फिल्मको नाम र अन्य विवरण उपयुक्त समयमा सार्वजनिक गरिनेछ। फिल्मको छायांकन आगामी मंसिरदेखि सुरु गर्ने तयारी रहेको उनले बताए।

‘ए मेरो हजुर ५’ पछि अनमोल केसी सिनेमा आर्टको नयाँ फिल्ममा व्यस्त हुनेछन्।