काठमाडौं । भारतीय पाश्र्व गायक सान सांगीतिक प्रस्तुति दिन नेपाल आउने भएका छन्। आगामी भदौ ६ गते उनले नेपालकै सबैभन्दा ठूलो इन्डोर इभेन्ट भेन्यु क्लब नोभामा आफ्ना सुमधुर गीतहरू प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन दिनेछन्।
९० को दशकदेखि लिएर वर्तमान युवा पुस्तामाझ निकै लोकप्रिय रहेका गायक सानले आफ्नो जादुमयी आवाजले नेपाली सङ्गीत प्रेमीहरूलाई मन्त्रमुग्ध बनाउने अपेक्षा गरिएको छ। यस विशेष सांगीतिक कार्यक्रमको आयोजना तथा व्यवस्थापन ‘नेपाली टच’ ले गरेको हो ।
कार्यक्रममा सानले आफ्ना सर्वाधिक रुचाइएका गीतहरू ‘मुसुमुसु हाँसीदेउ’, ‘ओम शान्ति ओम’, ‘बहती हवा सा था वो’ लगायतका चर्चित सांगीतिक प्रस्तुतिहरू पस्किनेछन्।
सानले गाएका मुसुमुसु हाँसीदेउ, बहती हवा सा था वो, ओम शान्ति ओम, दिवानगी, चाँद सिफारिश, जब से तेरे नैना, तन्हा दिल, वो लड्की है कहाँ, सुनो ना, हे शोना, कुछ तो हुआ है जस्ता गीत चर्चित छन् ।




