काठमाडौं । तीज संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित गायिका उषा मलाहा ‘सिम्रन’को नयाँ तिज गीत ‘चट्टै परेर’ सार्वजनिक भएको छ । गीत गायिकाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
आधुनिकताको प्रभावसँगै मौलिक तिज गीत तथा परम्परागत संस्कृति ओझेलमा पर्दै गएको अवस्थामा सार्वजनिक गरिएको यस गीतले तीजको वास्तविक भावना, माइतीको माया, साथी संगीको सम्झना तथा यादहरूलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ ।
गीतमा डीपी खनालको शब्द, देबेन्द्र बरालको संगीत, विश्व अधिकारीको एरेन्ज, किशोर थापाको मिक्सिङ र मास्टरिङ्ग छ । गीतको भिडियोमा सुनिशा बजगाई र सुशीला थापाको अभिनय छ ।
भिडियोमा दिनेश पराजुलीको छायांकन, विवेक सुनारको सम्पादन, रोशन विश्वकर्माको कोरियोग्राफी र शान थापाको निर्देशन छ ।






