काठमाडौं। जापानमा रहेर पनि नेपाली लोक तथा तीज संगीतलाई निरन्तर माया र योगदान दिँदै आएकी गायिका शान्ता जिसीले नयाँ तीज गीत ‘पीर कल्लाई छैन र’ सार्वजनिक गरेकी छन्।
गीतमा शान्ता जिसी र प्रेम सापकोटा सोनुको स्वर र प्रेम सापकोटाकै शब्द, लय तथा संगीत छ । गीतको एरेञ्जमेन्ट याम थापा मगर, मिक्सिङ तथा मास्टरिङ विनोद परियारले गरेका हुन्। गीतको रेकर्डिङ जोन स्टुडियोमा गरिएको हो।
जेरी भण्डारीले निर्देशकन गरेको भिडियोमा सरोज प्रजा र रचना न्यौपानेको अभिनय रहेको छ। छायांकन दुर्गा पौडेल, सम्पादन तथा रङ संयोजन नवीन घर्ती मगरले गरेका हुन्। भिडियोको पोस्ट प्रोडक्सन एडभेन्चर इन्टरटेन्मेन्टले गरेको छ।






